भर्खरै

दोलखाको भीमेश्वर नगरपालिकामा स्मार्ट सडक बत्ती जोडिँदै

  • प्रकाशित मिति : शुक्र, माघ ७, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
दोलखा । दोलखाको भीमेश्वर नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिने भएको छ । भीमेश्वर नगरपालिका तथा नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा नगरपालिकाको मुख्य सहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिन लागेको हो ।
 
भीमेश्वर नगरपालिकाको ६० प्रतिशत तथा विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीमा नगरपालिकाको मुख्य शहरी क्षेत्र चरीकोटका विभिन्न भागमा स्मार्ट सडक बत्ती जडान गर्न लागिएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।
 
अहिले ठेकेदारले पोल गाड्ने तथा तार तान्ने काम गरिरहेको उनले बताए । ठेक्का स्वीकृत रकमको ६० प्रतिशतस्वरूप भीमेश्वर नगरपालिकाको ५० लाख तथा विद्युत् प्राधिकरणको ४० प्रतिशत गरी ३३ लाख ३३ हजार रकम बेहोरेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
 
नगरपालिकाको मुख्य बजार क्षेत्र चरीकोट सिमपानी मानेडाँडा, चरिघ्याङ, बीचबजार, नयाँ बसपार्क, पुरानो बजार, ध्यावपानी, सातडोबटेलगायत क्षेत्रका सडकमा स्मार्ट बत्ती जडान गरिनेछ । करिब चार किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडान गर्न ४४ वटा पोल गाडिएको नगरपालिकाका इन्जिनियर सुरेश राउतले जानकारी दिए ।
 
पोलमा २०० वाटका बत्ती  जडान गरिनेछ । सातडोबाटे चोक तथा पशुपति मन्दिर आसपासका एक–एक  पोलमा भने ६ वटा बत्ती जडान गरिने उनको भनाइ छ ।
 
बजार क्षेत्रभरि जडान गरिएका बत्तीको नियन्त्रण प्रणाली भने नगरपालिका तथा विद्युत् प्राधिकरण दोलखा शाखामा जडान गरिनेछ । नियन्त्रण प्रणालीबाटै कुनै बत्ति बत्ती बाल्ने तथा निभाउने सम्पूर्ण कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ । स्मार्ट बत्ती जडानपछि बजार क्षेत्रमा राती हिँडडुल गर्न सहज हुनुका साथै बजारमा हुन सक्ने चोरी तथा अन्य अपराधजन्य घटनामा कमी आउनेछ । आर्थिक अभियान 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago