भर्खरै

विद्युत व्यवसायी संघद्धारा न्यानो सामग्री वितरण

  • प्रकाशित मिति : मंगल, माघ ११, २०७८
  • - विद्युत संसार साप्ताहिक
title

मोरङ्ग , माघ । बढ्दै गइरहेको जाडो मौसमलाई मध्यनजर गर्दै मोरङ्ग इलेक्ट्रिक संघले न्यानो कपडा तथा इलेक्ट्रिक हट व्याग लगायतका सामग्रीहरु वितरण गरेको छ । संघले विराटनगरमा रहेको बिराटेश्वर वृद्धा आश्रममा आश्रित बुबा आमाहरुलाई यही माघ ८ गते शनिवार जाडोको सामानहरु वितरण गरेको हो ।     
 
संघका अध्यक्ष शंकर प्रसाद पोखरेलका अनुसार आश्रममा आश्रित बुबा तथा आमाहरुलाई चिसोबाट बच्न केही सहज होस् भन्ने ध्येयले मौसम अनुसारको जाडोको लागि उपयुक्त सामग्रीहरु वितरण गरेको बताए । संघले व्यावसायिक हकहितका साथै सामाजिक गतिविधिहरुमा समेत सक्रिय भएर काम गर्दै आइरहेको छ । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेको थियो । 
 
 
 

प्रतिक्रिया