नेप्से आज उच्च अंकले बढ्यो, पाँच कम्पनीको शेयरमा सर्किट

  • प्रकाशित मिति : आइत, माघ १६, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, माघ । आज साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । 
शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा करिब १०६ अंकले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १०५.५५ अंकले वृद्धि भई दुई हजार ८८५.५३ मा पुगेको छ ।
 
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १९.८१ अंकले बढेर ५३८.५३ मा पुगेको छ । तर नेप्सेमा उच्च अंकले बढेपनि कारोवार रकम भने खासै सुधार भएको पाइदैन । कूल २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर रु ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ हजार मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर उकालो लागेको छ । 
 
नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछि सकारात्मक सर्किट लागेको हो । त्यसमा बिन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिव श्री हाइड्रोपावर, नेपाल पूर्वाधार बैंक, बुद्ध भूमि नेपाल हाइड्रोपावर रहेका छन् । 
 
यस्तै अरुण भ्याली हाइड्रोपावर ९.०२, हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ८.८५ प्रतिशतले कमाए । त्यस्तै, मञ्जुश्री फाइनान्सको ऋणपत्र ३.२३, एनआइसी एशिया सेलेक्ट फण्ड २.२३, मेगा म्युचुअल फण्ड एक १.९३, सानिमा लार्ज क्याप फण्ड १.९० र एनआइबिएल समृद्धि फण्ड दोस्रोका लगानीकर्ताले १.३६ प्रतिशतले गुमाएका छन् ।
 
शेयर कारोबार उच्च वृद्धि हुनुमा स्थानीय तहको निर्वाचनको मिति तय गर्ने तथा प्रमुख राजनीतिक दलबीचको विविध सहमतिले बजार बढेको अनुमान गरिएको छ ।
 
सत्तारुढ गठबन्धनको शनिबार साँझ बसेको बैठकले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया