भर्खरै

भारतबाट पेट्रोलियम पदार्थको मूल्यसूची बढेर आयो

  • प्रकाशित मिति : मंगल, माघ १८, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, माघ । भारतीय आयल कर्पोरेशनले आज पुन पेट्रोलियम पदार्थको बढेको मूल्यसूची पठाएको छ । 
नेपाल आयल निगमलाई प्रत्येक महिनाको १ र १५ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेकोमा कर्पोरेशनले आज नयाँ मूल्यसूची पठाएको हो । 
 
निगमलाई प्राप्त मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.९२ रुपैयाँ, डिजेलको मूल्य प्रतिलिटर ७.२४ रुपैयाँ तथा मट्टितेलमा ८.८० रुपैयाँ बढेर आएको आयल निगमले जनाएको छ । 
यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर ७.४८ रुपैयाँ र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८२ रुपैयाँ घटेर आएको छ । कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार अन्य सबै पेट्रोलियम पदार्थको मूल्य बढ्दा एलपी ग्याँसको मूल्य भने घटेर आएको निगमले जनाएको छ ।
प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमलाई पहिलेको मूल्य अनुसार अब पेट्रोलमा प्रतिलिटर १५.६९ रुपैयाँ घाटा हुने छ । यस्तै, डिजेलमा प्रतिलिटर १३.६२ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ५६० रुपैयाँ घाटा हुने देखिन्छ । यद्यपी, हवाई इन्धन र मट्टितेलको बिक्रीमा भने निगमलाई घाटा नरहेको निगमले जनाएको छ । यसआधारमा निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेमा अब प्रत्येक १५ दिनमा २ अर्ब ६० करोड रुपैयाँ घाटा व्यहोर्ने छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago