भर्खरै

सरकारले बढायो पेट्रोल/डिजलको मूल्य, अब पेट्रोल १४२ रुपैयाँ कायम

  • प्रकाशित मिति : बुध, माघ १९, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १९ माघ,  । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजल/मट्टीतेल प्रतिलिटर रु.३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको  छ ।
 
हिजो मंगलबार निगमले एक विज्ञप्ती जारी गर्दै पेट्रोल १४२ र डिजल/मट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको जनाएको छ ।  
यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ। ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ। यति हुँदा समेत प्रति महिना ४।५ अर्ब देखि ५ अर्ब ऋढ लिनुपर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ । 
एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१.६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर  ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई  यथावत् नै राखिएको निगमले जनाएको छ । 
निगमले बढाएको मूल्य वृद्धिको यातायात व्यवसायी लगायत विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago