भर्खरै

घुस लिएर बिजुली ‘सटडाउन’ गर्छन् विद्युतका कर्मचारी

  • प्रकाशित मिति : सोम, फागुन २, २०७८
  • - Admin
title
काँकडभिट्टा ,  नेपाल विद्युत् प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीले घुस लिएर अनावश्यक रुपमा विद्युत् काट्ने ९सटडाउन० गर्ने गरेको खुलेको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारीको आचार संहिता २०६५ को ‘स्वतन्त्रता, निस्पक्षता र समानता’ सम्बन्धी महलमा कार्य सम्पादन गर्दा प्रभाव, दवाव र प्रलोभनमा नपरी निस्पक्ष ढंगले कार्य सम्पादन गर्न भनिएको छ । तर, कर्मचारी भने संस्थागत आचार संहितालाई लत्याउँदै खुलेआम घुस लिएर विभिन्न बहानामा अनावश्यक रुपमा विद्युत् सटडाउन गर्दै आएको भेटिएको छ । 
 
खासगरी प्लटिङ गरिएका क्षेत्रमा विद्युत् पोल राख्ने र बिजुली जडान गर्ने बहानामा अवैध रुपमा अनावश्यक बिजुली काट्ने गरिएको खुलेको हो । मर्मत गर्नु परेमा या विशेष अवस्थामा मात्रै बिजुली सटडाउन गर्न मिल्छ । त्यसका लागि कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ । तर, प्राधिकरणका कर्मचारीले मौखिक आदेशका भरमा अनावश्यक सटडाउन गरेर आम उपभोक्तामाथि नै अन्याय गर्दै आएका छन् ।
गत मंसिरमा झापा मेचीनगर ११ मंगलीस्थित एक प्लटिङमा विद्युतीय पोल गाड्न सटडाउन गरेबापत विद्युत् प्राधिकरण धुलाबारी शाखाका प्रमुख नवलकिशोर गोइतले २० हजार घुस लिएको पाइएको छ । प्लटिङ गरिएका क्षेत्रमा पोल गाड्ने कार्यमा संलग्न ठेकेदार विनोद मेचेले विभिन्न समयमा प्रमुख गोइतलाई एक लाखभन्दा बढी घुस बुझाइसकेको दावी गरेका छन् । पछिल्लो पटक कार्यालय प्रमुखसँग २५ हजार रुपैयाँमा डिल भएर २० हजार घुस दिएको दावी गरे । उनले भने, ‘मैले १७ हजार रुपैयाँ हाकिमलाई दिनु भनेर प्राविधिक कर्मचारी खेम पौडेललाई दिएको सत्य हो ।’
 
कर्मचारी पौडेलले भने कार्यालय प्रमुखले घुस काण्डमा आफूलाई फसाउन खोजिएको गुनासो पोखे । ‘मैले एक रुपैयाँ पनि खाको छैन । ३ हजार थपेर हाकिमलाई २० हजार घुस बुझाएको हो’, पौडेलले भने । घुस काण्ड बाहिरिएपछि कार्यालय प्रमुख गोइतले कर्मचारी पौडेलको गौरादह सरुवा गरेका छन् । ‘छानविन समितिले दोषी नठहऱ्याई मलाई सरुवा गरिएको छ’, कर्मचारी पौडेलले भने, ‘म अन्यायमा परेँ ।’
 
घुस काण्डको छानविनका लागि नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय उपप्रमुख आमोद यादवको संयोजकत्वमा एक समिति पनि बनेको छ । समितिले काम सुरु गरिसकेको छ । कर्मचारी पौडेलले पनि लिखित स्पष्टिकरण दिइसकेका छन् । प्रादेशिक कार्यालयका प्रमुख राजन ढकालले केही समितिले काम गरिरहेकाले केही दिनभित्र सत्यतथ्य बाहिर आउने जनाए । घुस काण्डमा मुछिएका कार्यालय गोइतले यसबारे आफू केही नबोल्ने भन्दै छानविन समितिको प्रतिवेदनले सबै कुरा प्रष्ट पार्ने दावी गरे । गोइतले छानविन समितिलाई समेत प्रभाव पार्न खोजेको आरोप लागेको छ । 
कान्तिपुर डट कम बाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago