भर्खरै

पर्यटकीय गन्तव्य बनाउन र विद्युत् उत्पादन गर्न तमानखोलामा बहुउद्देश्यीय परियोजना

  • प्रकाशित मिति : बुध, फागुन ११, २०७८
  • - रासस
title
गलकोट, ११ फागुन । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले तमानखोला थुनेर बहुउद्देश्यीय परियोजना सञ्चालन गर्ने भएको छ । तमानखोला –३ तमान गाउँलाई पर्यटकीय गन्तव्य बनाउन र विद्युत् उत्पादन गर्नका लागि जलाशययुक्त परियोजना अगाडि बढाइएको छ ।  
 
सो गाउँको फेदमा ड्याम निर्माण गरी तमानखोलालाई थुनेर ‘मिनी जलाशययुक्त बहुउद्देश्य हाइड्रोपावर’ निमार्णका लागि गाउँपालिकाले अध्ययन थालेको छ । गाउँपालिकाको गौरवको परियोजनाका रुपमा रहेको यो योजना निर्माण सुरु गरेको तीन वर्षमा सक्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । 
 
परियोजना सरकार, निजी क्षेत्र र गाउँपालिकाभरि नागरिकहरुको लगानीमा निर्माण हुने उनको भनाइ छ । परियोजना निर्माणमा पालिकाभरिका सबै नागरिकलाई साझेदार बनाइने छ । तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्ने र सोलेडाँडा हुँदै म्याग्दी जोड्ने सरकारको रणनीतिक सडक योजना अन्तर्गतको क्षेत्रमा भएको हुँदा बिस्तारै तमानखोला क्षेत्र पर्यटकीय हब बन्ने गरी जलविहार, माछापालन, विद्युतीकरण लगायतका काम गर्नका लागि तमानखोला थुनेर उक्त परियोजना बनाउने उनको भनाइ छ । 
 
उनले सरकारको रणनीतिक सडकअन्तर्गत छोटो रुटमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र पर्ने हुँदा, बिस्तारै अहिलेको सडक पनि स्तरोन्नति हुने, जलाशययुक्त हाइड्रोपावर निर्माण हुने र सिङ्गो तमानले मुहार पर्ने बताए । यो सडक हुँदै पछि हजारौँ धार्मिक पर्यटकहरु तमान गाउँबाटै यात्रा गर्ने हुँदा यहाँका नागरिकको जीवनस्तर र जीवन पद्धति बदलिने जनाइएको छ ।
 
यहाँको वातावरण, भौगोलिक हिसाबले धेरै सम्भावना बोकेको हुँदा गाउँपालिकाले यो योजनालाई महत्वका साथ लिएको अध्यक्ष बुढा मगरले बताए । यहाँबाट ३५० किलोवाटको विद्युत समेत उत्पादन हुने उहाँको भनाइ छ । उनले उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’का रुपमा यसलाई विकास गर्न थालेको बताए ।
 
बुर्तिबाङ देशकै १० नमूना सहरमध्येको एक भएको र यहाँबाट तमान नजिक पर्ने हुँदा भविष्यमा बुर्तिबाङ र बागलुङका सबै ठाउँबाट हजारौँ आन्तरिक पर्यटकहरु यहाँ घुमघाम र मनोरञ्जनका लागि यहाँ आउने भएकाले बहुउद्देश्यीय परियोजना निर्माणमा लगानी गर्न थालेको बुढामगरको भनाइ छ । 
 
जलाशाययुक्त हाइड्रपावर निर्माणका लागि रु ४० करोड लागत लाग्ने र पर्यटनसहितको काम गर्न ५०÷६० करोड लाग्ने अनुमान छ । स्थानीय सरकार, निजी कम्पनी र गाउँपालिकाभरका नागरिकको सामूहिक लगानीमा बुहउद्देश्यीय जलविद्युत् परियोजना निर्माण हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago