विद्युत विकासः मुलुकको समृद्धिको आधार

  • प्रकाशित मिति : बुध, फागुन १८, २०७८
  • - राम प्रसाद पौडेल
title

  • राम प्रसाद पौडेल

काठमाडौ फागुन । नेपालको विद्युतको इतिहास हेर्ने हो भने लामै देखिन्छ । धेरै राजनीतिक परिवर्तनहरू भए, देशको जलस्रोतलाई परिचालन गर्ने नीति धेरै बने, कति नीति दराजमा थन्किए ! कति कार्यान्वयन भए ! इतिहासका पानाहरूमा सुरक्षित नै छ । विश्वमा नेपाल जलस्रोतको दोश्रो धनी मुलुक हो , यसमा दुबिधा छैन । जलस्रोतमा विश्वमा नै दोश्रो धनी मुलुकका जनता किन टुकी बाल्न विवश छन् ? किन विद्युतीय सामग्रीहरू उपभोग र उपयोग गर्न असमर्थ छन् ? हिजोको विद्युतको अवस्था के थियो ? आजको विद्युतको अवस्था कस्तो छ ? अव भावी दिनमा विद्युत उत्पादन, वितरण र उपयोगको  विषयमा राज्यको ध्यानाकर्षण गर्नु पर्ने र यो विषयमा गम्भीरताको खोजी गर्नु पर्ने बखत आइसकेको छ । हिजोको अवस्था भिन्नै थियो । परिस्थिति भिन्नै थियो तर आज परिस्थिति बदलिएको छ । हामी २१ औं शताब्दीमा आफ्नो दायित्व र अवसरको खोजी गरिरहेका छौं । मुलुकको इतिहासलाई हेर्दा वर्तमान कोर्दै भविष्य निर्माणको महाअभियानमा जुट्नुपरेको अवस्थामा छौं । कतै हामी अलमलमा परेका त छैनौ ।  
 
मुलुकमा विद्युतको आवश्यकता छ भनी राणा प्रधानमन्त्री चन्द्रशमशेर जंगबहादुर राणाले विद्युत उत्पादनको सुरुवात गरेको तथ्य हामी दस्तावेजिकरण भएर बसेको छ । बेलायत सरकारको निम्तो मान्न तात्कालीन नेपालका प्रधानमन्त्री चन्द्र शमशेर बेलायत भ्रमण गएको बेला ब्जिुलीको उपयोगिताका  विषयमा गम्भीर भएर बुुझेको र सो पश्चात् भ्रमण सकेर मुलुक फर्किए पछि ब्जिुली उत्पादनको प्रबन्ध मिलाउन निर्देशन दिएका र तत्काल कार्यारम्भ गर्ने बेलायत सरकारको सहयोग जुटाई बजेट विनियोजन गराई काठमाण्डौको फर्पिङमा ५०० किलोवाट बिजुली उत्पादन गर्ने निर्णय गरे । उक्त बिजुली उत्पादन गृहको नाम चन्द्रज्योती विद्युत गृह भनी नामाकरण गरियो ।
 
वि स १९३८ मा  नेपालमा  बिजुली बलेको तथ्यहरूले प्रमाणित गरेका छन् । फर्पिङ को चन्द्रज्योति विद्युत गृहको परिकल्पना गर्ने, अठोट गर्ने र गन्तव्य सम्म लगी विद्युतको उपयोग र उपभोग गर्ने दृढ इच्छा शक्ति भएका तात्कालीन प्रधानमन्त्री चन्द्र शमशेर मुलुकको इतिहासमा स्मरणीय रुपमा स्थापित भएका छन् । उनलाई लक्ष्य, र गन्तव्यका लागी सबैले प्रेरणाको श्रोत मान्दा अतियुक्ती नहोला । 
नेपालको जलविद्युतको इतिहासलाई हेर्ने हो भने करिब एक शताब्दी नाघी सकेको छ । तर  नेपाली जनताले दैनिक १, २ गर्दै १२ घण्टासम्मको लोडसेडिङको मारमा परेको तितो यर्थाथ हामो सामु विद्यामान छ । नेपाली दैनिक जीवन कष्टकर बनाई किन लोडसेडिङ भयो ? यसको विषयमा गम्भिरखोज अनुसन्धान गर्नु पर्ने वास्तविक यथार्थतालाई सम्बन्धित निकायले ध्यान पुु¥याउन सकिरहेको देखिदैन । आज विद्युत उत्पादन बढेको छ ।  निजी क्षेत्रले समेत धेरै विद्युत उत्पादनमा राज्यलाई सघाई रहेको छ । आम नागरिकलाई विद्युतीय सामग्रीको प्रयोग गर्न राज्य अनुरोध गरिरहेको छ । आम नागरिकहरू सँग दैनिक अति आवश्यकीय सामग्री खरिद गरी प्रयोग गर्न असमर्थ छन् । किन ? यसको कारण राज्यले खोज्नु पर्छ कि पर्दैन ? राज्यले बिजुलीबाट चल्ने घरायसी र अति आवश्यकीय सामग्रीहरूको खरिद, बिक्री गुणस्तरीयता र व्यवस्थापनमा के कस्तो सहयोग नागरिकलाई गर्न सकिन्छ । त्यसको विषयमा खोज अनुसन्धान र निर्णय गरी सहुलियत उपलध गराउन ढिलाई गरिनुु हुुँदैन । 
 
आजभोली विद्युतमा निकै राजनिति हुदै गरेको देखिन्छ । यथार्थताको धरातलमा उभिएर मुुलुकको सर्वङ्गिण विकाशका लागी विद्युतको उत्पादन क्षमतामा विस्तार गरी वाह्रय मुलुकबाट आयात गरिने विद्युतलाई प्रतिस्थापन गरी आफ्नै उत्पादनबाट आत्म निर्भर बन्ने महान अभियानमा राज्य जुुट्न ढिला गरिनुु हुुदैन । वर्षातको समयमा उत्पादन वृद्धि हुुने र हिउदको समयमा उत्वादनमा हुुने कमी लाई वैज्ञानिक व्यवस्थापन गरिनुु पर्ने अपरिहार्य आवश्यकतालाई भुुल्नुु हुुँदैन । 
विद्युत उत्पादनको वृद्धि सार्क मुुलुुकहरु बीच को उर्जा सम्झौता र नेपालको जल विद्युतको भविश्य, बजार र मुलुकको अर्थतन्त्रमा विद्युत क्षेत्रले ल्याउन सक्ने सम्वृद्धिलाई ध्यानमा राखी राज्य अगाडि बढनुु पर्दछ । 
 
मुुलुकको विद्युत विकासको यथार्थ खाका कोरि गरिएका कामहरुको प्रगति, विवरण भावी कार्ययोजना र आम नागरिकले उपभोग गर्ने सक्ने र गर्नेलाई उत्प्रेरणा गर्नका लागी राज्यको ध्यान पुुग्नुु जरुरी पर्दछ । विद्युत क्षेत्र भित्र निजी क्षेत्र पनि विस्तारै अगाडी वढिरहेको परिप्रेक्षमा राज्यले राज्यलाई आवश्यकता परेको बखत नीजी क्षेत्रलाई आहवान गर्ने जव नीजी क्षेत्रको आवश्यकताको महसुुस हुुन छोडछ नीजिलाई बन्द गराउने, हतोत्साहित गराउने, अनावश्यक झन्झट तयार गर्ने  गर्न  हुँदैन । यदि राज्यलाई नीजिक्षेत्रको आवश्यकता महसुुस भए दीर्घकालीन विद्युत लगानी उत्पादन वितरण र लगानीको सुुरक्षाको ग्यारेन्टी गरिनुु पर्दछ र गर्दै जानुुपर्दछ । 
 
विद्युतसँग जोडिएका उपकरणहरु प्रत्यक्ष नागरिक सँग जोडिएका दैनिक अति आवश्यकीय आवश्यकताको आधारमा वर्गिकृत गरी सहुुलिय दिएर विद्युतीय सामग्रीको प्रयोग गराएर मात्र उपभोक्ताले विद्युतको भरपुुर उपयोग गर्ने बानी बसाल्न पर्दछ । विद्युतको उपयोग र उपभोग धेरै भन्दा धेरै गरौं भनेर महंगा विज्ञापन गरेर मात्र नहुुने जानकारहरुको धारण सुुनिन्छ । मुुलुुक भित्रको लोडसेडिङ्गको अन्त्यले सकारात्मक उर्जा आम नागरिकमा बिजुली उपभोग गर्ने आकर्षण कम भएको तथ्य हाम्रो सामुु विद्यमान छ । जलस्रोतबाट मात्र नभएर वैकल्पिक ऊर्जा स्थापनाको लागी मुुलुुकले नीति नियम ल्याइ कार्यान्वयन गरिसकेको छ । नेपाल सरकारले २०५३ साल कार्तिक १८ गते विकास समिति ऐन ल्याई वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र स्थापना गरी हाल सम्म कार्य गरिरहेको तथ्य राज्य सँग वैकल्पिक ऊर्जा केन्द्र बाट सञ्चालित विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
 
वायु ऊर्जा वायोग्यास सुधारिएको चुलो, वायोव्रिकेट, लघु तथा साना जलविद्युत सौर्य ऊर्जा जैविक ऊर्जा आदिको उपयोग विकास र प्रवर्धन सम्बन्धी कार्य भइरहेको तथ्य सार्वजनिक नै छ । ऐन बन्यो स्थापना भए, कार्य लक्ष्य अनुसारको भएको छ कि छैन ? ऊर्जा उत्पादन वितरण र आवश्यकता तर्फ ध्यान गएको छ कि छैन ? सम्बन्धित निकाय बेखबर पक्कै छैन । इतिहासको सुनौलो अवसर र चुनौतीका बीच विद्युत विकासक्रम सँगै मुलुकको सर्वाङ्गीण विकासमा टेवा पुग्नेमा दुईमत छैन । ऐन छ, नीति छ, कार्यान्वयन कागज र व्यवहार दुवैमा चुस्त दुरुस्त छ कि छैन  तोकिएको समय सिमा भित्र लक्ष्य अनुसारको उद्धेश्य प्राप्त भएको छ कि छैन ? सम्बन्धित नेतृत्वले ध्यान पु¥याउन सके विद्युत विकास र मुलुकको सम्वृद्धि सम्भव छ । विद्युतको उपयोग विद्युतीय सामग्रीको प्रयोग र विद्युतबाट उत्पादनमुखी उद्योग कलकारखाना, यातायातमा विद्युतको भरपुर उपयोग गर्न सके मुलुकको सर्वाङ्गीण विकास सम्भव छ । सकारात्म सोच र पद्धतिको विकास गरि वर्तमान हुदैँ भविष्य निर्माणको महाअभियानमा महाप्रस्थान गर्नु वर्तमानको अपरिहार्य आवश्यकता हो ।

प्रतिक्रिया