भर्खरै

एमसीसी अनुमोदन भएसँगै निजी क्षेत्रले गर्याे स्वागत

  • प्रकाशित मिति : बुध, फागुन १८, २०७८
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौ, फागुन । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आइतबारको प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएसँगै देशको निजी क्षेत्रले स्वागत गरेको छ । विज्ञप्ति जारी गर्दै एमसीसी पारित हुनु नेपालको पूर्वाधार विकासको लागि सकारात्मक विषय भएको र यसलाई तत्कालै कार्यान्वयनमा लैजान  , स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपाललगायत संस्थाले मागसमेत गरेका छन् । 
 
संसदबाट यो परियोजनाको अनुमोदनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा रहेको उर्जा क्षेत्रमा थप लगानीको वाताबरण सिर्जना भएको हुँदा आगामी दिनमा उर्जा क्षेत्रको बिकासमा ऐतिहासिक योगदान पुग्ने इप्पान नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मुलुकको समग्र उर्जा क्षेत्रको बिकास र बिस्तारमा मूल समस्याको रुपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने छ भन्ने इप्पानको ठहर छ ।
उद्योग वाणिज्य महासङ्घले नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने विश्वास व्यक्त गरेको छ । 
 
यस्तै उद्योग परिसङ्घले विकास आयोजना सुरु हुने तर कहिल्यै सम्पन्न नहुने अवस्थाको अन्त्यका लागि एमसीसी अन्तर्गतका आयोजनाले भूमिका खेल्ने दाबी गरेको छ । ठूला पूर्वाधार आयोजनाको कार्यान्वयनबाट देशको आर्थिक विकास, रोजगारी सिर्जना र आमनागरिकको जीवनस्तर सुधार गर्नेतर्फ सबैको सोचको विकास हुनुपर्ने परिसङ्घको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago