भर्खरै

पेट्रोलियम पदार्थको मूल्यमा अत्याधिक वृद्धि, निगमलाई अझै पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ घाटा

  • प्रकाशित मिति : शुक्र, फागुन २०, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २० फागुन । सरकारले पेट्रोलियम पदार्थमा फेरि भारी दरमा  मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर पाँच रुपियाँ बृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा  मूल्य बृद्धि अहिलेसम्मकै उच्च भएको भन्दै सबै क्षेत्रबाट चर्को विरोध भइरहेको छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै निगमले एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो 
 विहीबार राती १२ बजेबाट लागू भएको नयाँ मूल्यसूचि अनुसार पेट्रोलको प्रतिलिटर खुद्रा मूल्य १५० कामय भएको छ भने डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर १३३ रूपियाँ कायम भएको छ । 
 
पेट्रोलियम पदार्थको भाउ निरन्तर बढ्दो छ । तर सरकारले इन्धनमा लगाएको कर घटाएर उपभोक्तालाई राहत दिन चासो देखाएको छैन । करसहित निगमको ढुवानी खर्च र मुनाफा जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगमले इन्धनमा अझै पनि घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर झन्डै २० रुपैयाँ नाफा छ । 
 
आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ । 
निगम सञ्चालक समितिले आर्थिक संकट गहिरिएको भन्दै कर्मचारीलाई दिँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने निर्णय पनि गरेको छ ।
 
फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढाए पनि आउँदो १५ दिनमा झन्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा हुने निगमको अनुमान छ ।
 
यस्तो छ निगमको विज्ञप्ति
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 1 hour ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 6 hours ago