भर्खरै

मोरङ इलेक्ट्रिक संघको होली मिलन कार्यक्रम

  • प्रकाशित मिति : आइत, फागुन २९, २०७८
  • - विद्युत संसार संवाददाता
title

मोरङ  २९ फागुन । मोरङ इलेक्ट्रिक संघले व्यवसायीहरू बिच होली मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
 
विद्युतीय व्यवसायमा आवद्ध व्यवसायीहरूको साझा सस्था मोरङ इलेक्ट्रिक संघले हिजो फाल्गुन २८ गते होली पर्वलाई लक्षित गरेर स्थानीय  मारवाडी सेवा सदनमा भव्यता पूर्वक सम्पन्न गरेको हो । 
 
 
रंग र अबिर लगाएर एक आपसमा खुसी बाडौ भन्ने नाराका साथ विशुद्ध पारिवारिक वातावरणमा सदस्यहरू बिच होली मिलन कार्यक्रम भएको हो ।
 
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासङ्घका तृतीय उपाध्यक्ष लक्ष्मी प्रसाद धिताल, इटहरी विद्युतीय व्यवसायी संघका अध्यक्ष चन्द्र देवकोटा, लगायत मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्षहरू मोहन न्यौपाने, गोपाल अग्रवाल, शन्तनु रेग्मी, नवीन अग्रवाल लगायत अधिकांश सदस्यहरूको उपस्थिति रहेको जानकारी संघका प्रथम उपाध्यक्ष राजेश अग्रवालले विद्युत संसारलाई जानकारी दिए ।
 
 
कार्यक्रममा सदस्यहरूका बच्चाहरूले मनोरञ्जनात्मक नृत्यहरू प्रस्तुतीका साथै उपस्थित महिलाहरू र बच्चाहरूको लागि मनोरञ्जनात्मक खेल समेत खेलाइएको थियो । 
 

प्रतिक्रिया