भर्खरै

निर्माण व्यवसायी महासंघमा सिंह दोस्रो कार्यकालका लागि निर्वाचित

  • प्रकाशित मिति : सोम, फागुन ३०, २०७८
  • - विद्युत संसार
title
काठमाडौँ, ३० फागुन  । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन । 
 
 महासङ्घको १२औँ महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि सिंहले ७६५ मत प्राप्त गर्दै पुन ः निर्वाचित भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भएका छन् ।
 
यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका हुन । 
 
कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश: रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी यसअघि नै निर्विरोध हुनुभएको महासङ्घका प्रेस सल्लाहकार निर्मल अर्यालले जानकारी दिए । महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमश ः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन् । निर्वाचनमा एक हजार १८५ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago