भर्खरै

सपनाको समृद्धिः विपनामा खोज्ने की ?

  • प्रकाशित मिति : बुध, चैत २, २०७८
  • - राम प्रसाद पौडेल
title
  • राम प्रसाद पौडेल
काठमाडौं चैत । मुलुक निर्माणको अभियान चलिरहेको छ । चिया पसल देखि राजनीतिक दलका कार्यक्रम सम्म सुनिने कर्णप्रिय वाक्य समृद्ध नेपाल सुखी नेपाली सुनिन्छ । यस वाक्यको धरातलमा उभिएर गहिराई सम्म घोरिने हो भने हरेक मानसपटलले सकारात्मक भाव राख्दछ । मुलुक राजनीतिक क्रान्तिले अक्रान्त भई सकेको छ ।
 
२००४ साल देखि विभिन्न निरकुशताको विरुद्ध प्रजातन्त्र र गणतन्त्र नेपालका लागि लड्दै आएका तमाम नेपालीहरूले वर्तमान समय सम्म आइपुग्दा मुलुकमा गणतन्त्र स्थापना भईसकेको छ । जनताले संविधानसभा मार्फत संविधान निर्माण गरिसकेका छन । स्थानिय निर्वाचन नजिकीदै गर्दा आम नागरिकलाई मिठो सपना बाढेर सपनाको समृद्धीको पुन सपना देखाउन सक्नेछन् आम नागरिक सचेत हुन जरुरी छ ।
 
स्थानिय निर्वाचन त्यसको परिणाम राजनैतिक दलको मार्गचित्र के कस्तो आउने हो प्रदेश निर्वाचन र संघिय निर्वाचनको तयारी कस्तो अवस्थामा जाने हो राजनैतिक शक्तीको इक्क्षा शक्तीमा भर पर्ने कुरा हो । मुलुकको बेथिति हटोस्, महंगी हटोस्, भ्रष्टाचार हटोस्, जनताले न्याय माग्न पद र शक्तिकेन्द्रमा धाउन नपरोस्, बालबालिकाले बाँच्न पाउने अधिकार स्थापित गरोस्, वृद्धहरूले आर्शिवाद प्रदान गर्ने वातावरण बनोस्, जनताले आफु सुरक्षित भएको अनुभुति गर्न सकुन्, युवाहरूलाई बेरोजगारी समस्याबाट मुक्त गरोस्, गाँस, वास, कपासको ग्यारेन्टी गरोस् व्यवसायीहरूको व्यवसाय गर्न पाउने हक सुनिश्चित गरोस्, मुलुकमा गुण्डागर्दी र बेथितिको अन्त्य गरोस्, विधिको शासन लागु गरोस्,बाटा घाटा पुल पुलेसा निर्माण गरोस्,हिलाम्मे सडकमा यात्रा गर्न नपरोस्, स्वास्थ्य चौकी अस्पतालहरू सर्वसाधारणको पहुँच सम्म पुगोस्, शिक्षा प्राप्त गर्ने वातावरण बनोस्, घर–घरमा दक्ष प्राविधिक उत्पादन हुन सकुन आदि इत्यादि जनताको अपेक्षा र भरोसा छ ।
 
 राज्यले यस्ता प्रकारका जनताको इच्छा आकांक्षाहरू लाई कुन कुना बाट कहिले प्रारम्भ गर्छ ? त्यो हेर्न बाँकी छ । परिणाममुखी वातावरण सकारात्मक ढंगले कसरी अगाडि बढ्न सक्छ ? आम नागरिकहरू पर्ख र हेरको व्यग्र प्रतिक्षामा छन । सकारात्मक सोच र गन्तव्यमुखी परिणाम हात पार्न मुलुक भित्रका आम शक्तिहरू सकारात्मक हुनु जरुरी छ । सकारात्मक गराउनु जरुरी छ । यो राजनैतिक दलहरुको लागि चुनौती र अवसर दुवै रहेका छन । मुलुक विस्तारै–विस्तारै आर्थिक रुपान्तरणको मार्गमा उत्रिएको छ । राजनीतिक योद्धाहरूले विजय प्राप्त गरिसकेका छन । समृद्ध नेपाल र सुखी नेपाली निर्माणका खाकाहरू कोरिन लागेको यत्रतत्र सर्वत्र सुनिन्छ । जनताका अति आवश्यकिय आवश्यकता तर्फ राजनैतिक दलहरु गम्भीर भएको देखिदैनन् । महंगी दिन प्रतिदिन बढ्दै गईरहेको छ । स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ । यातायातको सिन्डिकेट तोडियो भनिए पनि सवारी नियम पालना गर्ने गराउने तर्फ सम्बन्धित निकाय गन्तव्य हिन देखिन्छ । शिक्षा क्षेत्र संक्रमणकालिन अवस्थामा लरबराई रहेको छ । युक्रेन रसियाको लडाइले नेपालीको दैनिक उपभोग्य सामग्री देखी यातायात र सबै क्षेत्रमा मुल्य वृद्धीको असर परिरहेको छ । यो सवालमा राजनैतिक दलहरुको ध्यानक्रर्षण हुन जरुरी छ ।
 
हामी लोकतान्त्रिक पद्धतिमा भएका कारणले लोकको हितमा राज्य लाग्न सक्नुपर्दछ । आशाका भारी बोकेर केही विकास निर्माण पाउने आशामा जनताहरू राजनैतिक दल तर्फ हेरिरहेका छन । शिक्षा, स्वास्य र रोजगारीको राजनैतिक दलहरुले गम्भिरता पुर्वक लिएनन् भने परिणाम के आउँछ त्यसले भावी दिनहरूले पुष्टि गर्ने नै छ । छिमेकी मुलुकहरु र महाशक्ती राष्ट्रहरुसँग सरकार र जनताको ठूलै अपेक्षा देखिन्छ ।
रेल सेवा र विद्युत उत्पादनमा लगानी गर्ने नेपालले खरिद गर्ने सामग्रीमा कर छुट जस्ता विषयमा छिमेकी मुलुकहरुले साथ दिएमा कृषि, रेलसेवा लगायतका विगतका सम्झौताको मुर्त रुप दिई दु्रत गतिमा कार्य आरम्भ हुन सक्छ कि सक्दैन ? सकेमा मुलुकलले देखेको सपना विपनामा परिणत हुने र मुलुकमा सम्वृद्धिको मार्ग प्रशस्त हुने आशा अपेक्षा आम नागरिकले गरिरहेका छन । छिमेकी मुलुकबाट पेट्रोलियम पदार्थको आयात दैनिक जीवनमा प्रयोग हुने विद्युतीय यातायात, विद्युत उत्पादनमा जोड र नेपालबाट सार्क मुलुकहरुमा निर्यात गर्न सकिने सामग्रीको पहिचान गरी निर्यातमा जोड दिन सक्नुपर्दछ । बन्द भएको तातोपानी नाकालाई पूर्ण पूर्ववत रुपमा सञ्चालन गर्नका लागि ठोस पहल कदमी थालीनु पर्ने टड्कारो आवश्यकता देखिन्छ । चीनबाट आउने स्याउलाई सहज रुपमा व्यवस्थापन गरी सर्वसुलभ बनाउनु पर्छ । नेपालको उत्पादित वस्तुलाई सहुलियत र चुस्त बजारीकरणको खाँचो रहेको छ । 
 
नेपालका उद्योगी, व्यवसायी र नीजि क्षेत्र सँगको साझेदारीमा विदेशी लगानीकर्ता भित्र्याई मुलुक लाई समृद्ध बनाउने जग बसाउन मुलुकको व्यवधान मुखी प्रकृया लाई सरलिकरण गरिनु पर्दछ । राजनैतिक दलहरुले मुलुकको समृद्धिको सपना देख्नु राम्रो कुरा हो । सपना हरेक नेपालीको मन भित्र रहन सकोस । मन भित्र रहन विकास निर्माण र अपनत्व नै हो । लोकतान्त्रिक विधि पद्धतिको दृढ संकल्प हुनुपर्दछ । सपनालाई लक्ष्यमा परिणत गरी गन्तव्यमा चुम्नका लागि अग्रगामी फट्को मार्नै पर्दछ । लक्ष्य अनुसारको गन्तव्यका लागि सकारात्मक सोच, लोक कल्याणकारी विधि र पद्धतिको विकास गर्दै परिणाम तर्फ मुलुक अगाडि बढ्दै जानु पर्दछ । सपनाको समृद्धी विपनामा खोज्नका लागि सकारात्मक परिणाम मुखी र गन्तव्य चुम्न सक्ने अठोट र साझ प्रतिवद्धता वर्तमानको अपरिर्हाय आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago