भर्खरै

महँगोमै विजुली आयात गछौ तर लोडशेडिङ हुन दिन्नौँ : निर्देशक घिसिङ

  • प्रकाशित मिति : बिही, चैत १०, २०७८
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ १० चैत । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महँगोमै भएपनि विजुली आयात गरेर लोडशेडिङ हुन नदिने बताएका छन् । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा एकाएक कोइलाको भाउ बढ्दा नेपालमा पनि समस्या परेको तर यसको समाधान गर्ने बताए । बिहीबार पत्रकार सम्मेलन गर्दै घिसिङले अहिले देखिएको समस्या आकस्मिक भएको र एक साताभित्र समाधान हुने विश्वस दिलाए । भारतबाट महंगोमा बिजुली आयात गरेर भएपनि आज राति १२ देखि अवस्था सामान्य हुने उनको भनाइ छ । 
 
भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यसअघि भारतबाट अधिकतम औसत तीन भारुमा बिजुली किन्दै आएकोमा अहिले आकस्मिक समस्या आएकोले प्रतियुनिट ३८ रुपैयाँमा सम्म तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।
 
‘अहिले एक÷डेढ महिना केही सर्टेज भएको हो । आजदेखि राति १२ देखि कुनै पनि उद्योगलाई लोडसेडिङ हुँदैन । हामीले भारतबाट प्रतियुनिट २० भारुमा ल्याएका छौं । सधै २० रुपैयाँ नै तिर्नुपर्दैन । फरक समयमा फरक मूल्य हुन्छ,’ घिसिङले भने ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago