भर्खरै

जीएम मोडुलरको डिलर सम्मेलन सम्पन्न

  • प्रकाशित मिति : बुध, चैत १६, २०७८
  • - भीमलाल श्रेष्ठ
title

काठमाण्डौं, चैत । इलेक्ट्रिकल स्वीच र होम अटोमेसनमा भारतको उत्कृष्ठ कम्पनीहरु मध्ये एक सुपरिचित ब्राण्ड जीएम मोडुलरले नेपालमा पहिलो डिलर साझेदार कार्यक्रम सम्पन्न गरेको छ । गत शुक्रबार सोल्टी होटलमा जीएम मोडुलरका कम्पनीका डाइरेक्टर लगायत उच्च तहका व्यवस्थापक तथा नेपालभरका करिब ५ सय डिलर साझेदारहरु को उपस्थिति कार्यक्रम सम्पन्न गरेको हो । 
 
जीएम मोडुलर अग्रणी भारतीय विद्युतीय स्वीच र घरायसी ब्राण्ड मध्ये एक प्रतिष्ठित ब्राण्ड हो । कार्यक्रममा जीएमको डिलरहरु को सम्मेलनमा जीएमका उत्पादित विभिन्न प्रोडक्टहरु स्वीच ,स्वीच गियर,फ्यान,तार ,केवल ,एलईडी, होमअटोमेसन ब्लुटथ म्युजिकप्लेयर, लाईटिङ्ग र अन्य सहायक उपकरणहरुका साथ जीएमले  उत्पादनलाई नयाँ पहिचान दिएको छ ।
 
 
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यक्रमको समुद्धाटन गर्दै घिसिङले अहिले हामी एक व्यक्ति प्रतिवर्ष ३०० मेगावाट पर क्यापिटल विद्युत खपत गरिरहेको बताए । 
 
उनले त्यति खपत पुयाउन २० हजार मेगावट विद्युत उत्पादन गर्नुपर्ने बताउँदै २० हजार मेगावट विद्युत उत्पादन गरिरहँदा नेपालका विद्युतीय सामग्रीहरुले राम्रो बजारीकरण हुने,केबल, ट्रान्समिसन लाइनहरु को विस्तार, केवल कण्डक्टरहरु नेपाली उत्पादकहरुको प्रोत्साहन गरिने पक्षमा रहेकाले नेपाली उत्पादकहरु प्रति विद्युत प्राधिकरणको हैसियतले सरकारी नीति तथा कार्यान्वयनमा समेत लचकता अपनाएको घिसिङले बताए ।
 
 
यस्तै कार्यक्रममा जीएम मोडुलरका निर्देशक कुमार पालजीले आफ्ना उत्पादन एशियाली, युरोपेली र अफ्रिकी देशहरुमा छोटो समयमा अत्याधिक लोकप्रिय ब्राण्डको रुपमा स्थापित भएको र अन्तर्राष्ट्रिय बजारका साथै नेपाली बजारमा उपभोक्ताको चाहान पूरा गर्न सक्षम भएको बताए । 
त्यसैगरी डेल्टा मार्केटिङ्ग प्रालिका अध्यक्ष पवन अग्रवालले नेपाली बजारमा राम्रो पहिचानको सम्भावना रहेको र गुणस्तरीय प्रोडक्टले नेपालीहरुको सून्दर भविष्यको  मनमन्दिरमा रहन सक्ने बताए ।
 
कम्पनीका डाईरेक्टर विवेक सरियाले हामीसंगको कुराकानीमा भने, कार्यक्रम अवधिभर नेपालका चर्चित कलाकारहरु बेजोड नृत्य र कमेडीहरुले मनोरञ्जन प्रदान गरिएको थियो । डिलर साझेदार कार्यक्रममा उपस्थित सबैमा धन्यवाद एवं आभार व्यक्त गर्दै आगामी दिनहरुमा यसैगरी देश विदेशमा लगेर यस्तो कार्यक्रममा सरिक हुन पाउँभन्ने सद्धभावको अपेक्षा समेत गरेका थिए । 
 
जनता केबुलको नयाँ लोगो सार्वजानिक

जीएम मोडुलरले नेपालमा पहिलो डिलर साझेदार कार्यक्रमको अवसरमा कार्यकारी निर्देशक कुलमान घिसिङ जनता केबलको परिमार्जित नयाँ लोगो सार्वजानिक गरिएको हो ।
 
 
चारदशक भन्दा लामो समय देखि विद्युतीकरणको माध्यमबाट राष्ट्र र जनताको सेवामा चिर परिचित अति सुरक्षित जनता केबुलले आफ्नो उत्पादनहरु पूर्व मेचि देखि पश्चिम महाकाली सम्म छरिएको तथा जलविद्युत आयोजना देखि राष्ट्रिय गौरवको परियोजनासम्म आफ्ना उत्पादनहरु निरन्तरता दिईरहेको छ । जनता केबलले प्रयोग गरिने कच्चापदार्थ अन्तर्राष्ट्रिय गुणस्तर मापन गरिएका विश्व विख्यात उत्पादकतथा सप्लायर्स बाट आयात गरिन्छ ।
 
हाल जनता केबलले आफ्ना उत्पादनहरु समय सापेक्ष परिकृत गर्दै उच्च प्रविधिको गुणस्तरीय आगो नलाग्ने एफआरएलएस बजारमा बिक्री वितरण गर्दै आएको र बजारमा अत्याधिक माग रहेको नेपालका लागि आधिकारी वितरक डेल्टा मार्केटिङ्ग प्रालिले जारी गरिएको विज्ञप्तीमा जनाएको छ ।

प्रतिक्रिया