भर्खरै

पुन लोडसेडिङ ?

  • प्रकाशित मिति : बुध, चैत १६, २०७८
  • - विद्युत संसार
title
काठमाडौं चैत । नेपालको औद्योगिक क्षेत्रमा पुन लोडसेडिङ सुरु भएको छ । बर्खायाममा स्वदेशमा नै उत्पादन भएको विद्युतले माग धान्ने सकेपनि हिउँदमा भने हालसम्म भारत कै भर पर्नुपर्ने अवस्था छ । नेपालका अधिकांश जलविद्युत आयोजना नदी बहावमा आधारित (रन अफ रिभर–आरओआर) प्रकृतिका भएकाले पानीको मात्रा घट्नासाथ बिजुली उत्पादन पनि स्वतः घट्छ र माग धान्न नसकेर विद्युत आयात गर्नुपर्छ ।
 
बर्खामा बिजुली खेर फालेको नेपालमा अहिले आन्तरिक उत्पादन र भारतबाट हुने आयातबाट विद्युत् कटौती (लोडसेडिङ) अन्त्य भएकोमा समस्या फेरि दोहोरिँदैछ । भारतबाट आयात हुने विद्युतमा समस्या भएसँगै नेपालको औद्योगिक क्षेत्रमा ठूलो असर पुगेको छ । उद्योगहरुमा दैनिक रुपमा १२ घण्टा लोडसेडिङ हुने गरेको उद्योगीहरुको गुनासोका चाङ छ । यस विषयमा सम्बन्धित निकायले गम्भीर भएर ध्यान दिनुपर्ने समय आएको छ । यदि सम्बन्धित सरोकारवालाहरुले समयमा नै ध्यान नदिए ऊर्जा संकट आइपर्ने संकेत देखिएको छ । 
 
रुस–युक्रेन युद्धका कारण अहिले कोइलाको भाउ आकासिएका कारण भारतीय बजारमा बिजुलीको भाउ महँगिएको कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले निकै महँगो दरमा बिजुली किन्न प्रस्ताव राखेको छ । तत्काल नै महँगोमा किन्न नसक्दा उद्योगहरूमा लोडसेडिङ नै ग¥यो । प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँ तिरेर भारतबाट ७ हजार मेगावाट÷आवर बिजुली किन्ने र लोडसेडिङ हुन नदिने जनाएको छ । 
 
 अहिले उद्योगहरुमा आलोपालो बिजुली दिन थालेपछि औद्योगिक उत्पादन प्रभावित बन्नुका साथै दैनिक रुपमा करोडौंको घाटा भइरहेको छ  । यो अवस्था आउनुमा प्राधिकरण र सरकारको कमजोरी हो । ‘प्राधिकरण र राज्यको दीर्घकालीन योजना नहुँदा नेपालमा पटक–पटक बिजुलीको आपूर्ति अवरुद्ध भइरहेको छ । त्यसैले सरकारले यो विषयमा दीर्घकालिन योजनाका साथ काम गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago