भर्खरै

ऊर्जा र पर्यटन क्षेत्रले नै नेपालको विकासमा टेवा पुर्‍याउन सक्छ

  • प्रकाशित मिति : बिही, चैत १७, २०७८
  • - विपिन पन्थ, म्यानेजिङ डाइरेक्टर, एसर नेपाल प्रा. लि, पर्यटन विज्ञ
title

ऊर्जा र पर्यटन क्षेत्रले नै नेपालको एसर नेपाल प्रा.लि जस्ले आन्तरिक तथा वाह्य पर्यटकलाई आफुले चाहेको सवारी साधन आफुले नै चलाएर घुम्न जान पाउने सेवा दिदैं आएको छ । उही एसर नेपाल प्रा.लि का म्यानेजिङ डाइरेक्टर विपिन पन्थ लामो समय देखि पर्यटन क्षेत्रमा आवद्ध हुदै पर्यटन क्षेत्रलाई ठूलो योग्दान दिनुभएको छ । उनै पन्थसँग कोरोना महामारीका कारण पर्यटन क्षेत्रले व्यहोरेका असर, नेपालमा पर्यटन क्षेत्रको सम्भावन लगायतका विषयमा विद्युत संसार साप्ताहिक पत्रिकाका प्रधान सम्पादक राम प्रसाद पौडेलले गर्नुभएको संवादको सम्पादित अंशःविकासमा टेवा पु¥याउन सक्छ ।

विपिन पन्थ 
म्यानेजिङ डाइरेक्टर, एसर नेपाल प्रा. लि, पर्यटन विज्ञ

एसर नेपाल भनेको के हो ?
एसर नेपालले देशको पर्यटन क्षेत्रमा फरक उद्देश्यका साथ आएको हो । हामीले कोही व्यक्ति आफूले नै बाइक देखि विभिन्न किसिमका गाडी आफंै चलाएर घुम्न चाहन्छ भने उहाँहरूका निम्ति केही प्रक्रिया पुरा गरेर विना झन्झट सवारी साधन उपलब्ध गराउद छांै । ड्राईभर सहित या आफैं चलाउनका लागि हामी उपलब्ध गराउँदछौ । हामीले बाइक गाडी मात्र होइन हेलिकप्टरको समेत व्यवस्था गर्ने गरेका छौं । हाम्रो यस्तो कार्य नेपालको सबै ठाउँमा पु¥याउने योजनामा छाै । 
 
कोरोना महामारी पश्चात् पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
कोरोनाको तेस्रो लहर समेत झेल्दै गर्दा सबै क्षेत्रलाई असर गरेको छ । ति मध्ये पर्यटन क्षेत्र अरु क्षेत्र भन्दा बढी मारमा परेको थियो । नेपालमा पर्यटक आउने समयमा नै कोरोनाका विभिन्न भेरियन्टका कारण लकडाउनको सिर्जना हुँदा पर्यटन क्षेत्र पूर्ण रुपमा थलिएको थियो तर हाल पर्यटन क्षेत्र विस्तारै चलायमान बन्दै गएको अवस्था छ । 
कोरोना पश्चात् पर्यटन क्षेत्रलाई चलायमान बनाउन लागि परेका पर्यटन व्यवसायीहरू हाल पनि आर्थिक अवस्था सुधार गर्न गार्हो भइरहेको अवस्था छ । 
 
राज्यले गरेको सहयोगले केही योगदान पुगेको छैन् ?
कोरोनाका कारण मारमा परेको व्यवसायीलाई भनेर ल्याएको सहयोग ठूला व्यवसायीलाई योगदान पुगेपनि साना व्यवसायीलाई भने छुन सकेन । त्यसले गर्दा श्रमजीवी व्यवसायीहरू पर्यटन क्षेत्रबाट नै पलायन भएर वैदेशिक रोजगारीमा गएका छन् भने कोही आफ्नो घरमा नै बसेका धेरै उदाहरणहरू भेटिन्छन् ।  राज्यले तल्लो स्तरका व्यवसायी देखि माथिल्लो तहका व्यवसायीहरूको लागि सहयोग पुग्ने गरी फरक खालको योजना बनाउनु पर्दथ्यो तर सरकारले दिएको सहयोगले श्रमजीवी व्यवसायीको लागि सम्बोधन हुन सकेन ।
 
नेपालमा पहिलो पटक आफै चलाएर गाडी लान पाउने व्यवस्था गरेको छ यसमा कस्ता कठिनाइहरू आँउछन् ?
आफैं चलाएर गाडी लान पाउने व्यवस्था नेपालमा पहिलो पटक रियसर भेइकल रेन्टलले गरेको हो । कुनैपनि नागरिकले राज्यको नियम अनुसार सवारी चालक अनुमतिपत्र लिएको हुन्छ । त्यसको आधारमा सवार व्यक्तिले कति दिन सम्म गाडी प्रयोग गर्ने हो त्यो समय सम्मका लागि बीमा देखि सम्पुर्ण कागजपत्र मिलाएर मात्र हामीले गाडी उपलब्ध गराउदछौं । हाम्रो सेवाबाट सबै जना सन्तुष्टि हुनुहुन्छ । हामी गाडी दिन भन्दा पहिले सक्कल नागरिकता, बैँकको चेक देखि स्वयम् मान्छेको चिनेजानेका साक्षी राखेर गाडी दिन्छौ तर एकाध मान्छे गलत स्वभावको पनि भेटेका छौं । जस्तो हाम्रो गाडी धितो राखेर ऋण लिने, बेचिदिने सम्मका घटनाहरु हुन्छन् यो हाम्रो समस्याको जड हो यसमा हामी कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर प्रहरी र विभिन्न संघ संस्थाहरु सँग पनि सहयोग लिएका हुन्छौं । 
 
हाल रसिया र युक्रेन बीच युद्ध चलिरहेको छ, यसले नेपालको पर्यटन क्षेत्रलाई कस्तो असर पर्दछ ?
हिजोको कोरोनाले समस्या व्यहोरेको पर्यटन क्षेत्रले हाल सम्म आइपुग्दा केही लय लिदै गर्दा पूर्ण रसिया र युक्रेन बीचको युद्धले फेरी धक्का महसुस गराएको छ । यही युद्धको कारण पेट्रोलियम पदार्थको मुल्यमा अत्याधिक वृद्धि सँगै अन्य वस्तुहरुको पनि मुल्य बढ्दो छ । यस्तो अवस्थामा हरेक क्षेत्र मारमा परेका छन् । 
यस्तो अवस्थामा आन्तरिक पर्यटकहरु केही बढ्ने आंकलन गरेता पनि अन्तर्राष्ट्रिय पर्यटकहरु अझै केही समय बढ्ने अवस्था मैले देखेको छैन् । 
 
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न राज्यको भूमिका कस्तो हुन जरुरी छ ?
यस्ता विषयमा राज्यको नजर हेर्नु म गलत ठान्दछु । आन्तरिक पर्यटन बढाउन हामी व्यवसायीको भूमिका ठूलो हुन्छ । विदेशी पर्यटकले मात्र पैसा दिन्छ भन्ने हाम्रो भ्रम छ यसलाई निर्मूल पार्न विदेशी पर्यटकहरुलाई दिईने विभिन्न आकर्षण तथा प्याकेजहरु स्वदेशी पर्यटकलाई पनि दिने हो भने अवश्य पनि केही हदसम्म आन्तरिक पर्यटक बढ्ने निश्चित छ ।
नेपालको ३५ प्रतिशत मान्छे पर्यटन व्यवसायमा आवद्ध हुनुहुन्छ यस हिसावले पनि पर्यटन क्षेत्रले सरकारको आम्दानीमा ठूलो सहयोग मिल्दै आएको छ । नेपालको विकासमा ऊर्जा र पर्यटन क्षेत्रले ठूलो भूमिका खेल्दछ । यसैले यी क्षेत्रहरुलाई सरकारले सहज ढंगबाट सहज,नीति तथा कार्यक्रमको खाँचो छ । 
 
युवाहरुलाई पर्यटन क्षेत्रमा आकर्षण गर्न के गर्नुपर्ला ?
पर्यटन क्षेत्रमा मात्र होइन सबैजसो क्षेत्रमा युवाहरुको खाँचो देशलाई छ । अझ पर्यटन क्षेत्र पहिले जसरी चलिआएको थियो सोही अनुरुप चलिरहेको छ । आजको अवस्थामा धेरै कुराहरु सुधार गर्नुपर्ने छ यसका लागि युवाहरुको खाँचो छ । राज्यले नीजि क्षेत्रलाई प्रोत्साहनसँगै पर्यटनसँग सम्बन्धित नीति तथा कार्यक्रमहरु बनाउन जरुरी छ । 
हालको अवस्थामा पर्यटन क्षेत्रमा दक्ष कामदारको खाँचो छ । कोरोना पछि त झन् यो समस्या चुलिएको छ । पहिले काम गरेकाहरु काम छाडेका छन् कोही विदेश पलाएन भएका छन् अर्को तर्फ हामीले कर्मचारीहरुलाई दिएको तलबले उनिहरुलाई कमी भएको महसुस भएको छ तर यस्तो अवस्थामा सबै तर्फ मारमा परेकै छ तर ऊर्जावान युवारुहरु नयाँ सोचका साथ आउने हो भने छिटै यस क्षेत्रलाई चलायमान बनाउन पनि सकिन्छ ।
 
पर्यटन क्षेत्रमा नयाँ आउने व्यवसायीलाई तपाईको के सुझाव छ ?
पर्यटन क्षेत्रसँग सम्बन्धित नयाँ–नयाँ अध्ययन गरेर आउनु पर्दछ । जस्तो की यसको बजार कस्तो छ, आर्थिक अवस्था देखि मैले यस क्षेत्रमा कस्तो खालको योजना ल्याउने हो यी विषयमा पहिले नै पूर्ण अध्ययनको जरुरी छ ।

प्रतिक्रिया