भर्खरै

शनिबारदेखि तीन दिने हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुँदै

  • प्रकाशित मिति : शुक्र, चैत १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, चैत । नेपालको ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा सहयोग पु¥याउन उद्देश्यले आगामी शनिबारदेखि तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सञ्चालन हुने भएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इपान) को आयोजनामा भोली शनिबारदेखि ३ दिनसम्म एक्स्पो सञ्चालन हुने भएको हो  ।
 
इपानले बिहिबार पत्रकार सम्मेलन गरी तीन दिन सम्म चल्ने एक्स्पोबारे जानकारी दिएका छन् । तीन दिन सम्म चल्ने एक्स्पोको समुद्धाटन राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गरिने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । आचार्यको अनुसार एक्स्पोको तयारी अन्तिम चरणमा पुगिसकेको उनको भनाई छ । एक्स्पोको पूर्वसन्ध्यामा शनिबार बिहान विद्युतीय सवारी साधनको ¥याली आयोजना गरिनेछ । भृकुटीमण्डपबाट सुरु हुने ¥याली नेपालकै पहिलो जलविद्युत् आयोजना फर्पिङसम्म पुगेर पुनः भृकुटीमण्डपमै आएर समापन हुनेछ । फर्पिङ जलविद्युत् आयोजनामा पर्यटनमन्त्री प्रेम आलेले सहभागीलाई स्वागत गर्ने कार्यक्रम छ ।
 
यसअघि पनि दुई संस्करणमा सफलताका साथ सम्पन्न भइसकेको एक्स्पोले विद्युत विकासको ढोका फराकिलो बनाउँदै गएको जलविद्युत व्यवसायीहरूको भनाइ छ । उक्त एक्स्पोमा कूल ५० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यातको वातावरण बनाउने तथा जलविद्युत् क्षेत्रले विकास गरेका संसारभरका नयाँ प्रविधिबारे सम्वद्र्धपक्षलाई ज्ञान तथा सूचना सम्प्रेषण गर्ने अवसर हुने आचार्यको भनाइ छ ।
 
“एक्स्पो अवधिभर प्रत्येक दिन जलविद्युत् आयोजनासम्बन्धी विषयगत ६ भन्दा बढी टेक्निकल सेसन सञ्चालन तथा अन्तक्र्रिया तय गरेका छौँ”, आचार्यले भने । एक्स्पोमा जलविद्युत् आयोजानका प्रवर्द्धक, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकर वित्त कम्पनीले सयभन्दा बढी स्टल बुकिङ गरेका छन् । १० वर्षमा १५ हजार मेगावाट जलविद्युत् उत्पादनको सरकारी घोषणा कार्यान्वयनको सम्भावना देखिएको भन्दै निजी क्षेत्र त्यसबाट उत्साहित भएको उल्लेख गरे ।
 
प्रर्दशनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै, एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उत्पादक, लगानीकर्ता, सप्लायर्स, बैंक, बिमा, जलविद्युत्मा नयाँ प्रविधि तथा निर्माण सामग्रीका सप्लायर्ससँग सम्बन्धित १०० भन्दा बढी कक्ष राखिने इपानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago