भर्खरै

“सी.जी. स्मार्ट होम, नयाँ वर्षको सुरुवात” स्कीम सार्वजनिक

  • प्रकाशित मिति : शुक्र, चैत १८, २०७८
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, चैत । नेपालकै सबैभन्दा ठूलो र नं. १ इलेक्ट्रोनिक्स ब्राण्ड सी.जी.ले आउँदै गरेको नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै “सीजी स्मार्ट होम, नयाँ वर्षको सुरुवात” नामक नयाँ वर्षको स्कीम सार्वजनिकगरेको छ । 
 
सी.जी ले यस स्कीम अन्तर्गत अब ग्राहकहरूले सी.जी. ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा रु.४९,९०० सम्मको आकर्षक क्यास ब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्न स्कीम सार्वजनिक गरेको हो । 
 
नेपालको उत्कृष्ट ब्राण्डका रुपमा प्रस्तुत सी.जी. ब्राण्डको यो स्कीमसँगै नेपालीहरूको नयाँ वर्ष झनै हर्ष र उल्लासमय हुने कम्पनीले विश्वास लिएको सी.जी ब्राण्डका ब्राण्ड म्यानेजर दिवाकर नगरकोटी बताए । 
 
उनका अनुसार उक्त स्कीम अन्तर्गत ग्राहकहरूले सी.जी. ब्राण्डका ५५ इन्च वा सो भन्दा माथिका टि.भी.को खरिदमा रु.५१९० बराबरको आकर्षक सी.जी.को स्पीकर  र ५० इन्च सम्मका टि.भी.को खरिदमा आकर्षक क्यास ब्याक प्राप्त गर्नेछन् । त्यसैगरी “मल्टी डोर साईड बाइ साईड रेफ्रिजेरेटरहरूको खरिदमा रु.४६४० मूल्य बराबरको आकर्षक सी.जी.को इन्डक्सन चुल्हो प्राप्त गर्ने उनको भनाई छ । 
सी.जी. ब्राण्डका डबल डोर रेफ्रिजेरेटरको खरिदमा भने रु.१५५० बराबरको सी.जी. भ्याकुम फ्लास्क” र सिङ्गल डोर रेफ्रिजेरेटरको खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्नेछन् । यसैगरी, सी.जी. ब्राण्डका फ्रन्टलोड वाशिङ मेशिनहरूको खरिदमा ६ के.जी एरियल पाउडर, सेमी अटोमेटिक तथा टप लोडिङ वाशिङ मेशिनको खरिदमा २ के.जी एरियल पाउडर र स्टीम वाश डिशवाशरको खरिदमा डिशवाशर किट प्राप्त गर्नेछन् । 
 
सी.जी. ब्राण्डका मल्टी मिडिया, साउन्ड बार र ट्रली जस्ता अडियो सिस्टमका खरिदमा आकर्षक क्यास ब्याक र माइक्रो ओभनको खरिदमा ग्राहकहरूले खाना पकाउने आकर्षक सामाग्रीहरू प्राप्त गर्ने छन् । यो स्कीम अन्तर्गत सी.जी. ब्राण्डका फ्लोर स्ट्यान्डिङ÷ सिलिङ क्यासेट÷ स्प्लीट वाईफाई इन्भर्टर एसीका खरिदमा ४००० बराबरको निःशुल्क जडान सेवा र चेस्ट फ्रिजर, एयर कुलर, भ्याकुम क्लीनरका खरिदमा आकर्षक क्यास ब्याक उपहार प्राप्त गर्ने छन् ।
 
यो आकर्षक योजना कम्पनीले यही चैत १० गते देखि देशभरमा सीमित अवधिका लागि लागू गरिने कम्पनीले जनाएकोे छ । 

प्रतिक्रिया