भर्खरै

नेपालको बिजुली किन्न भारत सरकार सहमत

  • प्रकाशित मिति : बुध, चैत २३, २०७८
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौ, चैत । भारतले नेपालबाट थप विद्युत किन्न सहमत  भएको छ । आज पत्रकार सम्मेलन गरेर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपालको चार वटा जलविद्युत आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न भारत सहमत भएको जनाएको हो । 
प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिइन् । 
गएको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने भएको हो । 
भारतले यसअघि १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली मात्रै किन्दै आएकोमा अब कालीगण्डकी जलविद्युत् आयोजनाको एक सय ४० मेगावाट, मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट र मध्य मर्स्याङ्दी आयोजनाको ६८ मेगावाट बिजुली किन्न सहमति जनाएको भुसालले जनाएकी छिन् । यस्तै लिखु जलविद्युत् आयोजनाको ५१ मेगावाट बिजुली पनि नेपालले भारतलाई बेच्न सक्नेछ । 
अहिले सुक्खायामको समय भएकाले नेपाललाई नै बिजुली अपुग भएको तर असारपछि नेपालमा बिजुली धेरै हुने भएकाले भारतलाई बेच्न सुरु हुने ऊर्जा मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago