भर्खरै

बजार हल्लाजस्तो अर्थतन्त्र नभएकाले नआत्तिन मन्त्री झाँक्रीको आग्रह

  • प्रकाशित मिति : आइत, चैत २७, २०७८
  • - भीमलाल श्रेष्ठ
title
 
काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले  नेपालको अर्थतन्त्र बजारमा हल्ला चलेजस्तो धरासायी नभएको बताएकी छिन्। 
हिजो आयोजना भएको काठमाण्डौं विद्युतीय व्यवसायी संघको १२औँ वार्षिक साधारणसभाको समुद्धघाटन गर्दै उनले भनिन, बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धरासायी नबनेको स्पष्ट पारिन्। अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन। नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन।
 
 
सरकारका गम्भीर तथ्याङ्क र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गरी कारबाहीको प्रक्रिया अघि बढाइने बताइन्। खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटा नेपालको अर्थतन्त्रमा देखिएको बताउँदै यसबाट आत्तिने अवस्था आइनसकेको उनले धारणा राखिन्।
कार्यक्रममा, नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले सरकारले व्यवसायीक हित र स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने नीतिको प्रभावकारी कार्यान्वयन र अनुगमन गर्नुपर्नेमा जोडदिदै सरकारले विद्युतीय चुल्होमा अनुदान दिएर विद्युतको प्रयोगलाई बढाई पेट्रोलियम पदार्थको आयत घटाउँदै विदेशीने अर्थतन्त्र जोगाउनुपर्ने पर्नेमा जोड दिनुपर्ने बताए । 
काठमाडौँ विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज कुमार रेग्मीले साधारण सभालाई स्वागत मन्तव्यको क्रममा बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको बताउँदै ब्याजदर सुनिश्चितता र व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे।
 अध्यक्ष रेग्मीले बिजुलीका सामग्रीलाई स्वदेशमा नै उत्पादनमा सहजीकरण गरी प्रवर्द्धनमा सहयोग पु¥याउन सरकारलाई आग्रह गर्दै व्यवसायीहरुलाई अनुगमनको नाउँमा आतंकित नबनाउन र संयम तबरबाट सुचना दिएर संघमार्फत अनुगमन गर्नुपर्ने बताए ।
उनले देशभरका जिल्ला नगर संघहरुबाट सहभागी विद्युतीय व्यवसायहरुलाई हालै भइरहेको  पेट्रोलियम पदार्थको मूल्य वृद्धिबाट बच्न विद्युतीय चुल्होको प्रयोगलाई प्राथमिकतामा राख्नु पर्ने सरकारले ग्याँस पेट्रोलियममा दिदै आएको अनुदान रकम विद्युतीय चुल्होको प्रयोगमा ल्याउन जोडदिनुपर्ने समेत बताए  । 
 
को को सम्मानित भए 
 काठमाण्डौं विद्युतीय व्यवसायी संघले बिगत बर्षदेखि संघमा योगदान पुयाउने व्यवसायीहरुलाई  सम्मान गर्ने गरिएकोमा यस १२ औं बाषर््िाक साधारण सभामा व्यवसायी तर्फबाट तीनजना सम्मानित भएका छन् । सुदिप इन्टरप्राईजेजका राम बहादुर श्रेष्ठ,मित्तल ओभरसिजका दिलिप अग्रवाल र वाग्ले इलेक्ट्रिक फर्मका हरिराज वाग्ले  सम्मानित भएका थिए ।व्यवसायीका छोरा छोरीहरु ए प्लस ग्रेड ल्याउने २ जना लाई एसईई सम्मान समेत गरिएको थियो ।
 
 
साधारण सभा बाट के के पारित भए
काठमाण्डौं विद्युतीय व्यवसायी संघले १२ औं साधारण सभाबाट अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदन थप ५ सय रुपैयाको सदस्य शुल्क वृद्धि समेत सभाले अनुमोदन गरिएको संघका अध्यक्ष सरोज कुमार रेग्मीले बताए । संघलाई अगाडि बढाउन सभामा उठेका सकारात्मक सुझावहरुलाई मनन गरी अगाडी बढ्ने समेत अध्यक्ष रेग्मीले हामी संगको कुराकानीमा बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago