भर्खरै

तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र

  • प्रकाशित मिति : सोम, चैत २८, २०७८
  • - रासस
title
झापा, २८ चैत । धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । 
 
आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भए पनि बजेट अभावमा हाल मेचीनगर नगरपालिका–१० को खयरडाँगीस्थित भेटवाल चोकबाट मेचीनगर–१५ को शिवालय मन्दिर छेउसम्मको सडक मात्र कालोपत्र भएको हो ।
 
भद्रपुर धुलाबारी खण्डको लागत मूल्य अभिवृद्धि करसहित प्रदेश नं १ को सरकारको कूल रु २५ करोड ३२ लाख ८४ हजारमा हिम्डुङ एण्ड थोकर सरोज जेभीलाई ठेक्कामा दिइएको थियो । निर्माण कम्पनीले सम्झौताको तीन वर्षको अवधिमा एक किलोमिटर सडक मात्र कालोपत्र गर्न सकेको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए । 
 
उनले बजेट अभावमा जति काम हुनुपर्ने हो त्यति हुन नसकेको बताए । “प्रदेश सरकारले समयमा बजेट नपठाउँदा काममा ढिलाइ भइरहेको छ”, उनले भने, “आगामी वैशाखको पहिलो हप्ताभित्रमा बजेट आयो भने काम सकिन्छ, त्योभन्दा ढिलो भएमा म्याद थपेर अर्को साल बनाउनुको विकल्प छैन ।”
 
उनका अनुसार मेचीनगर नगरपालिकाको १० नम्बर वडाको भेटवाल चोकदेखि मेचीनगर–१५ कै ज्यामिरगढीस्थित हडिया खोलासम्मको नौ किलोमिटर सडक कालोपत्र गर्ने योजनामा परेका थियो । योजनाअनुसार नै सडकको दुवै साइटमा नाली खन्ने र सडक कालोपत्र गर्न योग्य बनिसकेको उनको ठहर छ ।
 
विसं २०७६ कात्तिक २० गते निर्माण कम्पनीसँग २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएर सो सडकको शिलान्यास तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रकुमार आङ्बोले गरे । उनले जिल्लाका अन्य क्षेत्रमा समेत प्रदेश सरकारको लगानीमा निर्माण भइरहेका सडक बजेट अभावमा अलपत्र अवस्थमा रहेको जानकारी दिए ।
 
धुलाबारी–भद्रपुर–जोड्ने यो सडकखण्डमा नेपाल प्रवेश गरेका पर्यटक यही बाटो हुदै चन्द्रगढी एयरपोर्टबाट काठमाडौँलगायत देशका अन्य भागमा जान सजिलो हुने हुँदा चाँडै निर्माण सक्नुपर्ने नगर उपप्रमुख मीना उप्रेतीको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago