भर्खरै

मंगलबार देखि बिम्सटेक ऊर्जा मन्त्रीस्तरीय बैठक सुरु हुँदै

  • प्रकाशित मिति : आइत, बैशाख ४, २०७९
  • - विद्युत संसार
title
काठमाडौं ४ बैशाख । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को मन्त्री तथा सचिव स्तरीय बैठक आगामी मंगलबार र बुधबार हुने भएको छ । 
 
बिम्सटेकमा नेपाल सहित बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्ड सदस्य राष्ट्र छन् । नेपाल आयोजक रहेको सो भर्चुअल बैठकमा बिम्सटेक सदस्य राष्ट्रबीच ऊर्जा व्यापार, ग्रीड इन्टरकनेक्सन (अन्तरदेशीय प्रसारण लाइन) र इनर्जी सेन्टर (ऊर्जा केन्द्र) स्थापना गरी तीनवटा मुख्य एजेन्डा छन् ।
 
सदस्य राष्ट्रहरु ऊर्जा व्यापारमा सहभागी हुन आवश्यक पर्ने ग्रीड इन्टरकनेक्सनको बारेमा पनि छलफल हुनेछ । एक देशको विद्युत् प्रणालीलाई अर्काे देशसँग तादाम्यता कसरी मिलाउने (ग्रीड सिंक्रोनाइजेशन) र ऊर्जा केन्द्र स्थापना गरी यी तीन विषयमा छलफल हुनेछ । 
 
मंगलबार सचिव स्तरीय बैठक हुनेछ भने त्यसको भोलिपल्ट बुधबार बिम्सटेक मन्त्रीस्तरीय बैठक हुनेछ । मन्त्री स्तरीय बैठकमा नेपालकी ऊर्जा मन्त्री पम्फा भुसाल सहभागी हुने तय भएको छ । दुई वर्षअघि नै हुनुपर्ने सचिव÷मन्त्रीस्तरीय बैठक कोभिड–१९ का कारण पर धकेलिएको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago