भर्खरै

दोर्दी खोला जलविद्युत कम्पनीले आयोजनाबाट प्रभावित स्थानीयका लागि सेयर निष्कासन गर्ने

  • प्रकाशित मिति : सोम, बैशाख ५, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं ५ बैशाख । लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । 
 
दोर्दी खोला जलविद्युत कम्पनीले वैशाख १३ गतेदेखि लमजुङ जिल्लाको दार्दी गाउँपालिकाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात १० लाख ५४ हजार २६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसअनुसार साविकको भारते, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१ र ८) गाविसका बासिन्दाले आइपीओमा आवेदन दिन पाउनेछन् ।
 
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा वैशाख २७ गतेसम्म र ढीलोमा जेठ ११ गतेसम्म आइपीओ खुला रहनेछ । यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 
स्थानीय बासिन्दाले सिद्धार्थ बैंकको लमजुङ शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएनमबि बैंकको बेसीशहर लमजुङ शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago