भर्खरै

सरकारी सुविधाको इन्धनमा कटौती

  • प्रकाशित मिति : सोम, बैशाख ५, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ५ बैशाख । पेट्रोलियम पदार्थको उच्च आयातकै कारण सरकारको विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको छ । 
 
अर्थ मन्त्रालयले एक सुचना जारी गर्दै गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्षका लागि सरकारले इन्धन खर्च शीर्षकमा छुट्याइएको बजेटको २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको जानकारी गराएको छ । 
 
छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरुको इन्धन सुविधा २० प्रतिशतले कटौती गर्ने र आगामी असार मसान्तसम्म लागू हुने अर्थ मन्त्रालयले जनाएको छ ।
 
अर्थ मन्त्रालयले सोमबार जारी गरेको सूचनामा यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू हुने छैन ।
 
सरकारको यस्तो निर्णय आगामी असार मसान्तसम्म लागू हुने पनि अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै, यो निर्णय पालनाको अनुगमन सबै केन्द्रीय निकायहरु, सबै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नेछ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago