भर्खरै

स्थानीय तह निर्वाचनः पार्टीका घोषणापत्रमा ऊर्जा क्षेत्रलाई विशेष महत्व

  • प्रकाशित मिति : बुध, बैशाख ७, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, ७ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पार्टीहरुले घोषणापत्र सार्वजनिक गर्नेक्रम बढिरहेको छ ।
 
चुनावको प्रचार प्रसार स्वरुप पार्टीले आम जनतालाई आफ्नो धारण सहितको घोषणपत्र सार्वजनिक गर्दै गर्दा ऊर्जा क्षेत्रलाई प्रथामिकताका साथ राखिएको छ । विभिन्न पार्टीहरुले निशुल्क विजुली देखि देशलाई विद्युत खपतको विभिन्न योजनाहरु अघि सारेका छन् ।
 
कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । भने नेकपा एकीकृत समाजवादीले हिजो मंगलबार ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गर्दै अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरे ।
 
सो घोषणापत्रको नारा जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार दिएको छ । उसले घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म बिजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।
निर्वाचन नजिकिएसँगै अन्यपार्टीहरुले पनि आ–आफ्नो घोषणपत्र सार्वजनिक गर्ने क्रममा छन् ।

प्रतिक्रिया