भर्खरै

बुढीगण्डकी चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयमा चीनको असन्तुष्टि

  • प्रकाशित मिति : बिही, बैशाख ८, २०७९
  • - विद्युत संसार
title
काठमाडौं,  ८ वैशाख । बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति चीनले असन्तुष्टि जनाएको छ ।
 
बिहीबार दूतावासले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताइन् ।
 
‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ । सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ,’ यान्छीले भनिन्,‘यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ ।’
 
केपी शर्मा ओली सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनअघि  १२ सय मेगावाटको यो आयोजना आफैं बनाउने निर्णय गरेको हो ।
 
राजदूत यान्छीले नेपालमा चिनियाँ लगानीकर्तालाई यस्ता निर्णयले गाह्रो पार्ने बताइन् ।
 
चिनियाँ कम्पनीहरूले नेपालमा आयोजना बनाउँदा समयमै भुक्तानी नपाउने अर्को समस्या रहेको उनले बताइन् ।
 
आयोजना निर्माणका लागि जग्गा अधिग्रहण, रूख कटानलगायत अरू आधारभूत कुरा समयमै हुन नसक्दा चिनियाँ कम्पनीलाई काम गर्न समस्या परेको राजदूत यान्छीले बताइन् ।
 
‘यस्ता समस्याहरू समाधान गर्न नेपाली पक्षले सहयोग गर्ने हाम्रो अपेक्षा छ,’ यान्छीले भनिन् ।
–सेतोपाटी 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago