भर्खरै

ऊर्जामन्त्री भुसाल र प्रधानसेनापति शर्मा बीच भेटवार्ता, विद्युत् खपत बढाउन भुसालको अनुरोध

  • प्रकाशित मिति : आइत, बैशाख ११, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र प्रधानसेनापति महारथी प्रभुराम शर्मा बीच आज मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त भेटवार्ताको अवसरमा दुईबीच नेपाल विद्युतको विकास तथा खपतका विषयमा छलफल भएको थियो । 
वार्ताका क्रममा मन्त्री भुसालले सेनाको भान्सामा दैनिक रुपमा प्रयोग भइरहेका इन्धनलाई बिजुलीले विस्थापित गरी विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गरेकी छिन् । 
 
इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गर्न र त्यसका लागि आवश्यकपर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार रहेको उनले बताइन् ।
 
उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्नेगरी निर्णय लिन पनि आग्रह गरिन् । आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेकोे उल्लेख गर्दै अब “विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवद्र्धन गर्नु हामी सबैको दायित्व रहेको बताइन् । 
 
मन्त्री भुसालले नेपाली सेनाले पूर्वाधार विकासमा महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरे ।  
 
यस्तै प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए । उनले भने, “हामीले खाना पकाउनका लागि ठूलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।” महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै उनले भने “मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।”
 
वातारण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उनले नीतिगतरूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्नसक्ने धारणा व्यक्त गरे । यो सँगै उनले जलविद्युत् परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago