भर्खरै

हावाहुरीका कारण तीन दिनपछि अवरुद्ध विद्युत् सेवा सुचारु

  • प्रकाशित मिति : आइत, बैशाख १८, २०७९
  • - रासस
title
रौतहट, बैशाख । शुक्रबार साँझ आएको हावाहुरीका कारण अवरुद्ध रौतहटको बौद्धीमाई नगरपालिकाको विद्युत् सेवा सुचारु भएको छ ।  
स्थानीयवासीको सहयोगमा विद्युतका उपकरणको मर्मतपछि ती सेवा तीनदिनपछि पूर्ववत् सञ्चालन भएको विद्युत् प्राधिकरण मौलापुर सवस्टेशनले जनाएको छ । शुक्रबार साँझ आएको हावाहुरीले रौतहटको विभिन्न स्थानमा बिजुलीको तार र पोलमा क्षति पु¥याएपछि यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो ।
 
विद्युत अवरुद्ध हुँदा यहाँका एफएम रेडियो, अनलाइन, कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको थियो । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्नसमेत समस्या भएको बौद्धीमाई नगरपालिका–९ का ब्रीजभूषण मिश्राले गुनासो गरे । “बिजुली अभावमा पङ्खा नचल्दा साना बालबालिकाले कष्ट भोग्नु परेको थियो”, उनले भने, “उखरमाउलो गर्मी सहन नसकेका बालबालिका छट्पटिएर रात बिताउन बाध्य भएका थिए ।” बिजुलीमा निर्भर परिवारलाई खानपीन गर्न तथा नुहाउन पानीको समस्या समेत झेल्नु परेको उनले बताए । 
“विद्युत् अभावमा व्यापार घाटा व्योहोर्न बाध्य भयौं”, बौद्धीमाई नगरपालिका–८ का रोहित साहले भने, “विद्युत् अवरुद्धले लाखौँको नोक्सान व्योहोर्नु प¥यो ।” यहाँका पेट्रोल पम्प, मिठाइ पसल, कोल्डमेसिन फ्रिजलगायत उपकरण तथा पसल सञ्चालनमा समस्या व्यर्होर्नु परेको उनको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago