भर्खरै

आइओसीबाट आयो सबै पेट्रोलियम पदार्थको मूल्य बढेर

  • प्रकाशित मिति : मंगल, बैशाख २०, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । भारतीय आयल कर्पोरेसन (आइओसीले) पछिल्लो समय सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची नेपाल पठाएको छ । 
आइओसीले पन्ध्र–पन्ध्र दिनमा नयाँ मूल्यसूची पठाउने गरेकोमा बैशाख १८ गते सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको हो । 
 
भारतबाट आउने मूल्य सूचीकै आधारमा निगमले उपभोक्ताहरुका लागि नयाँ मूल्य तोक्ने गरिन्छ । यसअघि वैशाख ३ गते आइओसीले मूल्य पठाएका थियो । त्यस समयको तुलनामा यसपटक सबैभन्दा बढी मूल्य खाना पकाउने एलपी ग्यासमा बढेको देखिन्छ ।  आइतबार आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८६ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ । यस्तै, डिजेको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जनाएको छ ।
 
विगतमा डिजेल भन्दा पेट्रोलको खरिद लागत बढी हुने गरेकोमा अब भने डिजलको लागत बढी भएको छ । यस्तै, मट्टीतेलको खरिद लागत बढेर १३६ रुपैयाँ ३३ पैसाबाट १४० रुपैयाँ १९ पैसा पुगेको छ ।
 
आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १३९ रुपैयाँ २४ पैसाबाट बढेर १४३ रुपैयाँ ३६ पैसा र बाह्यतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ११९ रुपैयाँ ६४ पैसाबाट बढेर १२३ रुपैयाँ ७८ पैसा पुगेको छ । यस्तै, खाना पाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९८ रुपैयाँ ७३ पैसाले बढेर २६ सय ५० रुपैयाँ १८ पैसा भएर आएको निगमले जनाएको छ ।
 
 
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार वर्तमान बिक्री मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ २ पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर एक हजार ५० रुपैयाँ १८ पैसा घाटा रहेको निगमले जनाएको छ । आइओसीले धेरै समयपछि सबै पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।
 
पहिले कुनै न कुनै इन्धनको मूल्य घटेर आउने गरेको थियो। वैशाख ३ गते पनि पेट्रोलमा केही मूल्य घटेर आएको थियो ।  पछिल्लो एक÷डेढ महिनामा डिजेलमा प्रतिलिटर ३४ रूपैयाँसम्म बढेर आएको देखिन्छ । 
विश्व बजारमा प्रशोधित तेलको मूल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढिरहेकोले बैशाख १८ गते आइतबार बढेर आएको मूल्यसँगै आगामी पन्ध्र दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago