भर्खरै

आइस्पानले बन्द नगर्ने भयो इन्टरनेट सेवा

  • प्रकाशित मिति : मंगल, बैशाख २०, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले बन्द गर्ने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण बन्द गर्ने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको हो । 
गत शनिबार आइस्पानले विज्ञप्ति जारी गर्दै सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण देशव्यापी बन्द हुने भनिएको थियो । 
आइस्पानका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवा बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका थिए । 
सोमबार आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको भेटमा मन्त्री सकारात्मक देखिएपछि समस्या समाधान हुने भएको हो । 
नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको पराजुलीको भनाई छ । सञ्चार मन्त्रालयले  लामो समयदेखि बेरुजु देखाएर भुक्तानी रोकिदिएको थियो । 
छ महिनादेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि भारतीय कम्पनीले इन्टरनेट बन्द गर्ने चेतावनी दिएको पराजुलीले बताए । 
सोमबार  मन्त्रालयले  सेवा प्रदायकहरूको ब्यान्डविथको डलर सिफारिस पत्र दर्तासमेत गरिदिएसँगै ै बेरुजुको विषय समाधान हुने उनको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago