भर्खरै

आज पनि ३७ अङ्कले ओरालो लाग्यो नेप्से

  • प्रकाशित मिति : बिही, बैशाख २२, २०७९
  • -
title
काठमाडौं, बैशाख । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७.०६ अङ्कले ओरालो लागेर दुई हजार २३८.६२ अङ्कमा ओर्लिएको छ ।
 
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ अङ्कले ओरालो लागेर ४३२.५५ मा सीमित भएको छ । कूल २३२ कम्पनीको ४६ लाख ७४ हजार ९४० कित्ता शेयर रु एक अर्ब ६५ करोड ४५ लाख ६१ हजार ४७३ बराबरको कारोबार भयो ।
 
कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ १६, व्यापार ४९.४९, होटल तथा पर्यटन ५९.१३, विकास बैंक ८८.४४, जलविद्युत् ६६.८१, वित्त ४८.१९, निर्जीवन बीमा २६५.४२, उतपादन ५६.२६, अन्य २०.२८, लघुवित्त ७३.३७, जीवन बीमा २६०.१५, सामूहिक लगानी कोष ०.१३ र लगानी १.६२ अङ्कले ओरालो लागेको छ ।
 
कारोबारका भएका मध्ये पाँच कम्पनीको मात्रै शेयर मूल्य उकालो लागेको  छ भने १८८ कम्पनीको शेयर भने ओरालो लागेको देखिन्छ । थप कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । बिहीबारको कारोबारका आधारमा बजार पूँजीकरण रु ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख २४ हजार ९४८ बराबर रहेको छ ।
 
कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु आठ करोड ४५ लाख ८७ हजार २३२ बराबरको कारोबार भयो । त्यस्तै एनआइसी एशिया बैंक रु छ करोड ७३ लाख ६१ हजार ६३६, नबिल बैंक रु चार करोड ५२ लाख नौ हजार ४०७, हिमालयन डिस्टिलरी रु चार करोड ४४ लाख ६५ हजार १९० र अरुण भ्याली हाइड्रोपावर कम्पनी रु चार करोड १२ लाख ५६ हजार ८३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
 
नेप्सेका अनुसार ओरालो लागेको बजारमा जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । एनआइसी एशिया सेलेक्ट फण्ड १.८४, आरएमडिसी लघुवित्त १.२७, कालिका पावर कम्पनी ०.९८ र ङादी ग्रुप अफ पावरका लगानीकर्ताले ०.७१ प्रतिशतले कमाए ।
 
त्यस्तै घलेम्दी हाइड्रो पावर ६.८६, मैलुङखोला जलविद्युत् कम्पनी ६.८१, शिवश्री हाइड्रोपावर ६.६३, युनियन हाइड्रोपावर ६.५३ र ग्रीन भेञ्चर लिमिटेडका लगानीकर्ताले ६.३२ प्रतिशतले गुामए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago