भर्खरै

चिलिमे जलविद्युतको नाफा १.२३ प्रतिशतले बढ्यो

  • प्रकाशित मिति : सोम, बैशाख २६, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौ, बैशाख । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको नाफा १.२३ प्रतिशतले बढेको छ ।  कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा १.२३ प्रतिशतले बढेको हो । 
कम्पनीले ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा कम्पनीले ५१ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा १.२३ प्रतिशतले बढेको छ ।
यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १.७५ प्रतिशतले बढेर ८२ करोड ३४ लाख रुपैयाँ भएको छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी ८० करोड ९२ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५५ करोड १८ लाख रुपैयाँ रहेकोमा यस वर्ष थोरै घटेर ५४ करोड ३२ लाख रुपैयाँ भएको छ । चुक्तापुँजी ६ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ घटेर ३ अर्ब ३९ करोड रुपैयाँको भएको छ । गत वर्ष रिटेन्ड अर्निङ ३ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको ईपीएस १०.२१ रुपैयाँ, पीई रेसियो २९.४० गुणा, प्रतिसेयर नेटवर्थ १५०.३४ रुपैयाँ र तरलता अनुपात १७.३१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago