भर्खरै

शेयर बजार नेप्से दोहोरो अंकले बढ्यो

  • प्रकाशित मिति : सोम, बैशाख २६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । केही समयदेखि निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक  आज १२.२७ अर्थात ०.५४ प्रतिशतले वृद्धि भएको हो । नेप्से १२.२७ ले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।
सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहेको छ । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको शेयर मूल्य भने बढेको छ ।
आज २२२ कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
 
आज एक कम्पनी (जाल्पा सामुदायिक लघुवित्त कम्पनी) को शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने थप ६ कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दाबढीले वृद्धि भएको छ । यस्तै माहुली लघुवित्तको शेयर मूल्य ७.७७ प्रतिशत, उन्नति सहकार्य लघुवित्त ६.२७ प्रतिशत, आरएसडिसि लघुवित्तको शेयर मूल्य ५.३२ प्रतिशतले बढ्यो । 
दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे । आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 6 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 11 hours ago