भर्खरै

शेयर बजार नेप्से दोहोरो अंकले बढ्यो

  • प्रकाशित मिति : सोम, बैशाख २६, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । केही समयदेखि निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक  आज १२.२७ अर्थात ०.५४ प्रतिशतले वृद्धि भएको हो । नेप्से १२.२७ ले बढेर २२ सय ६८.८४ अंकमा पुगेको छ ।
सोमबारको कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहमा हरियाली छाउँदा ४ उपसमूह भने राताम्मे रहेको छ । बजारमा कुल कारोबार रकम एक अर्ब ३९ करोडमै सीमित भए पनि अधिकांश कम्पनीको शेयर मूल्य भने बढेको छ ।
आज २२२ कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा ११४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
 
आज एक कम्पनी (जाल्पा सामुदायिक लघुवित्त कम्पनी) को शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो भने थप ६ कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दाबढीले वृद्धि भएको छ । यस्तै माहुली लघुवित्तको शेयर मूल्य ७.७७ प्रतिशत, उन्नति सहकार्य लघुवित्त ६.२७ प्रतिशत, आरएसडिसि लघुवित्तको शेयर मूल्य ५.३२ प्रतिशतले बढ्यो । 
दोस्रो बजारमा हिमालयन ऊर्जा विकास कम्पनी र स्वरोजगार लघुवित्त लगायतका कम्पनी लगानीकर्ताले भने बजारबाट गुमाउन पुगे । आज यी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago