भर्खरै

आगामी आवलाई १७ खर्ब बजेट ल्याउने सरकारको तयारी

  • प्रकाशित मिति : आइत, जेठ ८, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले १७ खर्ब २३ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारीमा जुटीरहेको छ । सरकारले आगामी आवको बजेटका लागि जेठ १० गते मंगलबार नीति तथा कार्यक्रम घोषणा गर्दैछ ।
 
आगामी आर्थिक वर्षका लागि चालु शीर्षकमा १० खर्ब ४९ अर्ब, पुँजीगत शीर्षकमा ४ खर्ब ५६ अर्ब ३६ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ ।
 
यो बजेटका लागि करिब ८५ प्रतिशत स्रोत आन्तरिक राजश्व, ऋण र करिब १२ प्रतिशत वैदेशिक ऋणबाट व्यहोरिने जनाइएको छ । सरकारले आन्तरिक स्रोतबाट १४ खर्ब ५८ अर्ब ७ करोड रुपैयाँ बराबर, वैदेशिक ऋणमार्फत २ खर्ब १४ अर्ब ८० करोड र वैदेशिक अनुदानमार्फत ५० अर्ब ११ करोड रुपैयाँ बराबर स्रोत व्यहोर्ने सरकारको लक्ष्य छ ।
 
चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटका लागि वैदेशिक ऋण र अनुदानको स्रोत घटाइएको छ । आगामी आर्थिक वर्षका लागि ४ वटा मन्त्रालयहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, खानेपानी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लाई चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा कम रकम छुट्याउन प्रस्ताव गरिएको छ भने सबैभन्दा धेरै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ बराबरको सिलिङ दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago