भर्खरै

पाँचखाल सवस्टेसन मर्मत गर्न प्राधिकरणले विद्युत सटडाउन गर्दै, हेर्नुहोस् तालिका

  • प्रकाशित मिति : आइत, जेठ ८, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ८ जेठ । नेपाल विद्युत प्राधिकरणले पाँचखाल सवस्टेसन मर्मत गर्न विद्युत सटडाउन गर्ने तालिका सार्वजनिक गरेको छ ।
 
प्राधिकरणले सटडाउन सम्बन्धि एक सूचना जारी गर्दै सो विषयमा जानकारी गराएको हो ।
 
हिजो ७ गते देखि १० जेठ सम्म सम्बन्धित सवस्टेसनबाट वितरण हुने क्षेत्रमा तोकिएको समयमा विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणका अनुसार जेठ ७ गते पाँचखाल सवस्टेसनबाट वितरण हुने विद्युत बिहान ९ः३० देखि बिहान ११ः३० सम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म, जेठ ८ गते आइतबार बेलुका ५ बजेदेखि ६ बजेसम्म, जेठ ९ गते सोमबार विद्युत बिहान ९ः३० देखि बिहान ११ः३० सम्म र जेठ १० गते मंगलबार बेलुका ४ बजेदेखि ६ बजे सम्म विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 
 
हेर्नुहोस् तालिका
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 hours ago