भर्खरै

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

  • प्रकाशित मिति : आइत, जेठ ८, २०७९
  • - विद्युत संसार
title

चितवन, ८ जेठ । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् ।
 
 भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो ।
 
 घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो । सोही कार्यालयमा कार्यरत भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 
 
प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा १ः४० बजे पूर्ण नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago