भर्खरै

पेट्रोलको मूल्य प्रतिलिटर रु. १८० पुग्यो, अन्यको भाउ कति?

  • प्रकाशित मिति : सोम, जेठ ९, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौ, जेठ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार मध्यरात १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउँदा पेट्रोलको मूल्य प्रतिलिटर रु.१८० पुगेको  हो । 
 
निगमले पेट्रोलसँगै  डिजेल र मट्टीतेलको पनि मूल्य बढाएको छ । सबैमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो ।  
 
योसँगै अब प्रतिलिटर पेट्रोलको भाउ १८० रुपैयाँ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ प्रतिलिटर १६३ रुपैयाँ कायम गरिएको छ । 
खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । अब प्रतिसिलिन्डर ग्यासको भाउ १ हजार ८०० रुपैयाँ पुगेको छ । 
निगमनका अनुसार हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि बढेको छ । प्रतिलिटर १० रुपैयाँ वृद्धिसहित १६६ रुपैयाँ तोकिएको छ । 
रसिया र युक्रेनबीच भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
यो समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब रुपैयाँ, डिजेलमा ३ अर्ब ४० करोड रुपैयाँ र एलपी ग्यासमा ३ अर्ब घाटा हुने निगमले जनाएको छ ।  मूल्य समायोजन पश्चातपनि निगमलाई एलपी ग्यासमा ३ अर्ब डिजेलमा ३ अर्ब ४० करोड र पेट्रोलमा रु १ अर्ब घाटा रहेको निगमले जनाएको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago