काठमाडौं भोटेबहालमा आगलागी
- प्रकाशित मिति : सोम, जेठ ९, २०७९
- - विद्युत संसार साप्ताहिक

काठमाडौं, जेठ । काठमाडौं भोटेबहालको एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ ।
टेकुबाट भोटेबहाल तर्फ जाने बाटोमा दक्षिणकाली मन्दिर छेऊमा रहेको विद्युतीय सामग्री विक्री गर्ने एक पसलमा आगलागी भएको हो ।
आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको सहित ३ वटा दमकल पुगेको प्रहरीले जनाएको छ । घटना के कसरी भयो भन्ने कुराको अनुसन्धान भइरहेको र क्षति बारे पूर्ण विवरण पनि आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।