भर्खरै

बुढीगण्डकी र पश्चिम सेती आयोजना प्राथमिकता

  • प्रकाशित मिति : बुध, जेठ ११, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं जेठ । सरकारले चालु आर्थिक वर्षभित्रै १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना र ७५० मेगावाट क्षमताको पश्चिम सेती आयोजनालाई विशेष प्राथमिकता दिइने भएको छ।
 
बुढीगण्डकी आयोजना सरकारले स्वदेशी लगानीमा निर्माण गर्ने र पश्चिमसेती आयोजनामा विदेशी लगानी खोजी गर्नेगरी काम अगाडि बढाउने सरकारले नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको हो। संसदमा नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेकी हुन्। 
 
बुढीगण्डकी जलविद्युत आयोजनाको यसै वर्ष निर्माणको ठेक्का लगाइने सरकारको योजना छ । त्यसैगरी नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना, सेती नदी (एसआर–६), सुनकोसी–३, अरुण–४ र दूधकोसी जलाशययुक्त जलविद्युत् लगायतका आयोजना निर्माण सुरु गर्ने विषय पनि वार्षिक बजेटमा राख्ने मन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षमा थप ५० हजार घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराइने कार्यक्रम पनि बजेटमा राख्ने तयारी छ । हाल ९४ प्रतिशत जनसंख्यामा विद्युतीय ऊर्जाको पहुँच पुगेकामा आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा पु¥याउने लक्ष्य राखिएको छ । खाना पकाउने स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा १ लाख घरधुरीमा विद्युतीय चुलोलगायत अन्य स्वच्छ ऊर्जा प्रविधि जडान गर्ने योजना बजेटमा पर्नेछ ।
 
आगामी आर्थिक वर्ष ०७९÷८० का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ खर्ब १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको सिलिङ पाएको छ । यसमध्ये ऊर्जा क्षेत्रतर्फ ८५ अर्ब ३ करोड ७५ लाख रुपैयाँ र जलस्रोत तथा सिँचाइतर्फ २७ अर्ब ९० करोड २९ लाख रुपैयाँ बराबर बजेट सीमा प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago