भर्खरै

सरकारले मूल्यवृद्धिको नकारात्मक कीर्तिमान कायम गर्‍यो : पूर्वप्रधानमन्त्री ओली

  • प्रकाशित मिति : बिही, जेठ १२, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय निर्वाचन लगतै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि प्रति आक्रोश व्यक्त गरेका छन् । 
 
बैशाख ३० गते भोट खसाल्ने समय सम्म चुप लागेको सरकार भोट खसाएको एक हप्ता भित्रै दुई दुई पटक गरि प्रतिलिटर २० रुपियाँ सम्म मूल्यवृद्धि गरेर  जनतालाई धोका दिएको उनले बताए ।
 
अन्तराष्ट्रिय मूल्यसमायोजन नीति विपरीत मूल्य बढाएर गठबन्धन सरकारले मूल्यवृद्धिको नकारात्मक कीर्तिमान कायम गरेको उनले आरोप लगाउदै उनले १५/१५ दिनमा मूल्यसमायोजन गरिनुपर्ने अन्तराष्ट्रिय नीति कहाँ गयो ? उनले प्रश्न गरे ।
 
सरकारको नीति तथा कार्यक्रमबारे प्रतिनिधी सभामा शुक्रबार बोल्दै आयल निगमको विकल्पमा निजी क्षेत्र ल्याउन सरकार आफै‌ मोटो रकमको चलखेलमा लागेको पनि उनले आरोप समेत लगाए ।
 
आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला समेत झुक्याएर एउटा समूह त्यो कार्यमा लागेको स्मरण गर्दै ओलीलले पछि थाहा पाएपछि त्यसलाई निष्क्रिय बनाएको उनको दाबी थियो ।
इन्धन जस्तो अत्यवश्यक वस्तुमा निजी क्षेत्रले हड्ताल गरिदिए के हुन्छ भन्दै उनले निजीकरणको विरोध गरे ।
 
अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका लागि पहिलो आयोजना सकिएको र अन्य क्षेत्रमा पनि काम भइरहेको भन्दै उनले सहजतातर्फ अघि बढेको पेट्रोलियम पदार्थको कारोबार निजीलाई सुम्पिएर देशलाई खोक्रो बनाउन खोजिएको उनको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago