चालक दलसहित २२ जना सवार तारा एयरलायन्सको जहाज सम्पर्कविहीन

  • प्रकाशित मिति : आइत, जेठ १५, २०७९
  • - विद्युत संसार साप्ताहिक
title

पोखरा, जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलायन्सको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थलबाट तारा एयरको ट्वीनअटर ढल्ब्भ्त् बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको हो । 
 
जहाज सम्पर्कविहिन भएपछि खोजीका लागि हेलिकप्टर परिचालनसँगै सम्भाव्य स्थानमा स्थलगत खोजी कार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 
 
विमानमा १९  यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ । जहाजको खोजी कार्य तीव्ररुपमा भइरहेको र हालसम्म कुनै जानकारी प्राप्त हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 
 
जहाज खोजीका लागि फिस्टेल एयरको हेलिकप्टरसँगै स्थलगतरुपमा पनि खोजी भइरहेको छ । विमान तल्लो मुस्ताङको घाँसा, लेते, कोवाङ आसपासका क्षेत्रमा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।  हराएको विमान खोज्न स्थलमार्गबाट समेत नेपाली सेना र नेपाल प्रहरी त्यसतर्फ प्रस्थान गरिसकेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।
 
 
 
 

प्रतिक्रिया