भर्खरै

श्वेत–गङ्गा हाइड्रोपावरको आइपिओ निष्कासन हुँदै

  • प्रकाशित मिति : आइत, जेठ १५, २०७९
  • - विद्युत संसार साप्ताहिक
title

काठमाडौं, जेठ । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 
पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका– ५, ६ र ७ र मन्थली नगरपालिका–११, १२ र १३ तथा रामेछाप नगरपालिका–१ र ३ का बासिन्दाका लागि निष्काशनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको हो । 
 
त्यस्तै रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–१ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका–१, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको छ । बिक्री खुला गरिने शेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ शाखा, साङ्ग्रिला डेभलपमेन्ट बैंक रामेछापको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 46 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago