भर्खरै

नयाँ शोरुम सहितको भवनबाट पुकार इन्टरनेशनलको सेवा सुचारु

  • प्रकाशित मिति : सोम, जेठ १६, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं १६ जेठ । विद्युतीय बजारमा फराकिलो उचाइ बनाउदै आएको पुकार इन्टरनेशनल प्रा.लि.ले शनिबारदेखि नयाँ शो रुमसहितको भवनबाट औपचारीक रुपमा सेवा दिन थालेको छ । कोटेश्वर शान्तिमार्गमा निर्मित नयाँ भवनको शनिबार नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौड्यालले उद्घाटन गरेका थिए ।
 
विगत  १० वर्ष देखि नेपालमा गुणस्तरीय विद्युतीय सामग्रीहरु विक्रि वितरण गर्दै आएको पुकार इन्टरनेशनलले भारत र चीनबाट गुणस्तरिय विद्युतीय सामग्रीको आयात गर्ने गरेको छ ।
 
प्रिन्स, प्रिन्स गोल्ड, Fine लगायतका अन्तराष्ट्रिय बाण्ड सँगै नेपालमा उत्पादित विभिन्न बाण्डका आकर्षक र गुणस्तरीय विद्युतीय सामग्री नेपाली विद्युतीय बजारमा पुर्‍याउदै आएको पुकार इन्टरनेशनल प्रा.लि.का अध्यक्ष कोमल पोखरेलले विद्युत संसारलाई बताए । पोखरेल नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव समेत हुनुहुन्छ । 
 
पोखरेलले पुकार इन्टरनेशनलबाट स्वीच, सकेट, एमसिबी, पंखा, टेप विभिन्न आकर्षक लाइटहरुका साथै सबै प्रकारका गुणस्तरिय विद्युतीय सामाग्री वारेन्टीका साथ विक्री वितरण गरिने जानकारी दिए ।
 
पुकार इन्टरनेशनलले आफ्नै स्वदेशी उत्पादन युनाइटेड केबलको तारहरु पनि विक्री गर्दै आएको छ । पुकार इन्टरनेशनलले पूर्वदेखि पश्चिमसम्म विद्युतीय सामग्री उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया