भर्खरै

कार्यशाला गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : बिही, जेठ १९, २०७९
  • - विद्युत संसार/ विवेक पोख्रेल
title
भरतपुर, १९ जेष्ठ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड तनहुँ, देवघाट शाखा कार्यालय अन्तर्गतको केन्द्र प्रमुखको कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम बुधबार सम्पन्न भएको छ । 
६५ जना केन्द्र प्रमुखहरु सहभागी रहेको गोष्ठिमा केन्द्र प्रमुखका काम, कर्तब्य,अधिकार, केन्द्रको दायित्व, सामुहिक जिम्मेवारी जस्ता विषयमा महिला लघुवित्तका देवघाट शाखाका प्रमुख रबिन दाहालले जानकारी गराएका थिए । उनले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा समेत जानकारी गराए । बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनको लागि केन्द्र प्रमुखहरु संग उनको अनुरोध थियो । 
 
उपस्थित केन्द्र प्रमुखहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले दिने सेवा सुविधा, कर्जा सदुपयोगिताको महत्व, सदस्यता दोहोरोपनाले पार्ने असर तथा लघुवित्त वित्तीय संस्थाहरुले समाजमा पारेको सकारात्मक तथा नकारात्मक असरहरु, कृषिमा वित्तीय संस्थाको लक्ष्य, बचतको महत्व आदीबारे वित्तीय संस्थाका अनुगमन तथा निराक्षण विभागीय प्रमुख बुद्धि सागर न्यौपानेले जानकारी गराए ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउपालिका वडा नं ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुंवरले आफ्नो जस्तो ग्रामीण क्षेत्रमा लघुवित्त संस्थाहरुले महिला सशक्तिकरण तथा गरीवी निवारणमा सहयोग पुराएको बताएका थिए । उनले भने –विना धितो कर्जा लागानी गरी स्वरोजगार तथा उद्यमी बन्न प्रोत्साहन भई नागरीकमा बचत गर्ने बानीको विकासमा समेत लघुवित्तले टेवा पुगेको छ ।
वित्तीय संस्थाले कृषि पशुपालन, व्यापार तथा व्यवशायीक क्षेत्रमा लगानी गरि महिला सदस्यहरुलाई उद्यमी बनाएको र अझ थप उद्यमी सिर्जना गरि युवा शक्ति विदेश जानबाट रोक्न अहम भुमिका खेलेको कार्यक्रममा सहभागी प्रतिक्रिया दिएका थिए ।
 
महिला लघुवित्तको देवघाटमा मात्र १ हजार बढि सदस्यहरुलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पुर्याइरहेको छ । महिला लघुवित्त वित्तीय संस्थाले ३३ वटा जिल्लाको ७० वटा शाखा मार्फत करिब ७० हजार घरधुरीलाई प्रत्यक्ष रुपमा वित्तीय सेवा पु¥याइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago