भर्खरै

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

  • प्रकाशित मिति : बिही, जेठ १९, २०७९
  • - विद्युत संसार
title

काठमाडौं १९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । 
 
यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन । 
 
चिकित्सको सल्लाह अनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् ।

प्रतिक्रिया