भर्खरै

चोरीको सामग्री खरिद विक्री नगर्न संघको आग्रह

  • प्रकाशित मिति : बिही, जेठ १९, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं १९ जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले चोरीको विद्युतीय सामग्री खरिद तथा विक्री नगर्न आग्रह गरेको छ । केही दिन यता चोरीका घटना बढेको र चोरीएको सामग्री संघमा आवद्ध सदस्यहरुले नै खरिद गर्ने जानकारी आएको भन्दै संघले हिजो बुधबार एक सूचना जारी गरेर सो विषयमा जानकारी गराएको हो ।
 
संघले जारी गरेको सूचनामा भनिएको छ । ‘संघमा आबद्ध केहि सदस्यहरुद्धारा केहि दिन यता चोरी भएका विद्युतीय सामग्रीहरुको खरिद/विक्रीमा संलग्न हुर्दै आएको खबर संघमा प्राप्त भएको हुदाँ, यसै विषयमा संघ आफ्ना सम्पूर्ण सदस्यहरुलाई नियमपूर्वक व्यापार व्यवसाय सञ्चालन गर्नुहुन एवं भ्याट विल कम्पनीको आधिकारीक बिल बिना कुनै पनि विद्युतीय सामग्रीहरुको व्यवसाय सञ्चालन नगर्न÷नगराउनु हुन अनुरोध गर्दछौ ।’
 
संघले कुनै व्यक्ति तथा फर्म कम्पनीबाट कानुन विपरित भ्याट बिल/बिजक विना नै सामग्री खरिद विक्री गरेको पाईएमा दोषी ठहरीएका उक्त फर्म÷कम्पनीलाई संघबाट हुने कुनैपनि सहयोग उपलब्ध नहुने सूचनामा उल्लेख गरिएको छ ।
 
अघिल्लो हप्ता मात्र विद्युतीय सामग्रीहरुको मुख्य बजार भोठेबहालका विभिन्न पसलहरुमा कार्यरत कर्मचारीहरुले नै संगठनिक रुपमा आफ्नो पसलबाट चोरी भएको खुलेको थियो । चोरी भएको सो सामग्री विद्युतीय व्यवसायमा आवद्ध व्यवसायीले नै खरिद गर्ने गरेको खुलेपछि संघले यस्तो सुचना निकालेको हो ।
 
भोटेबहालको बिजुली बजार भवनबाट चोरी भएका सामग्रीहरु जनसेवा प्रहरीको सहयोगमा  बरामद गरिएको काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष सरोज रेग्मीले बताए । उनका अनुसार चोरी भएका सामान करिब रु.५० लाख बराबरको रहेको उनको भनाई थियो ।
 
चोरी गरी राखिएका सामानहरु भेटिएको गोदाम प्रहरी शिल गरी चोरीमा संलग्न व्यक्तिहरुलाई प्रहरीले प्रक्राउसमेत गरिसकेको अध्यक्ष रेग्मीले बताए । 
पक्राउ पर्नेहरुमा ओम प्रकाश चौधरी, सुशिल खतिवडा, केकी हुसेन, सविन अर्याल र कुवेर ढकाल रहेका छन् । 
 
हेर्नुहोस् संघले निकालेको सूचना 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago