भर्खरै

यातायात व्यवस्था विभागले गाडी भाडा घटायो

  • प्रकाशित मिति : शुक्र, जेठ २०, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, २० जेठ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । 
 
बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ अर्थात ६.१३ प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।
 
सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।

प्रतिक्रिया