भर्खरै

बारामा करेन्ट लागेर महिलाको मृत्यु

  • प्रकाशित मिति : शुक्र, जेठ २०, २०७९
  • - विद्युत संसार
title

कलैया २० जेठ । बाराको कलैया उपमहानगरपालिका वडा नं २३ स्थित बैराठपुरकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । 
 
आफ्नै घरमा जडान गरिएको मोटरबाट पानी तान्ने क्रममा बिजुली सर्ट भई बिहीबार साँझ करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । 
 
मृत्यु भएकी महिला सोही स्थान बस्ने रामविनय साहकी श्रीमती रहेको प्रहरीले बताएको छ । मृत्यु हुने महिला ३५ वर्षीया प्रभादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । 
 
करेन्ट लागेर गम्भीर घाइते भएकी साहको वीरगञ्जस्थित तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 15 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 20 hours ago