भर्खरै

विकासमा फुजेलको दुरावस्था, जनप्रतिनिधि भन्छन् ‘अब छिटै समस्या समाधान हुन्छ’

  • प्रकाशित मिति : आइत, जेठ २२, २०७९
  • - विद्युत संसार संवाददाता
title
गोरखा २२ जेठ । २०७४ सालमा भएको स्थानीय निर्वाचन पछि आम जनताको आशा र भरोसा थियो जनतालाई अत्यावश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत सहज र सर्वसुलव होस् । तर २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकाल सकेर पुर्न स्थानीय निर्वाचन मार्फत  नयाँ जनप्रतिनिधि चुनिदा समेत जनतामा विकास र परिर्वतनको भोक मेटिएको छैन् ।
 
योजनाबद्ध विकासमा मुलुक लागेको दशकाै‌ पुग्दा पनि विकासले सही बाटो पहिल्याउन नसक्नु विडम्बनापूर्ण हो । यसको मूख्य उदाहरण डोजरे विकासलाई लिन सकिन्छ । हो यस्तै विकासलाई मात खुवाउने गोरखाको गण्डकी गाउँपालिका वडा न ३ फुजेलमा विद्युत समस्या देखिएको छ । गाउँमा विद्युत पुगेको लामो समय भयो तर भरपर्दो र गुणस्तरीय नहुँदा सर्वसाधारणले अनेकौ समस्या झेल्दै आएका छन् । हावाहुरी र पानी पर्दा समेत विद्युत जाने समस्यालाई न्यूनिकरण गर्नकै निम्ति प्राधिकरण र पालिकाले वितरण गरेको फलामे पोल प्रायः स्थानमा जडान गरिएको छ । तर फुजेलको पुन्यगाउँबाट देवकोटा गाउँमा वितरण गरिने बिजुलीको पोलको अवस्था र देवकोटा गाउँमा तीन वर्षदेखि अलपत्र परेको ट्रान्सफर्मर हेर्दा गाउँको विकास कस्तो र कति भएको छ छर्लङ्ग देखाउँदछ ।
 
 
ति अव्यवस्थित काठे पोलले गाउँमा भरपर्दो विद्युत प्रसारण त हुँदैन नै त्यो सँगै सुरक्षको हिसावले पनि निकै नै जोखिमपूर्ण छ । सामान्य हावापानी आउँदा समेत भाँचिने जस्तो देखिने पोलमा असुरक्षित तवरले बिजुलीका तार टाँगिएका छन् । बिजुलीलाई भरपर्दो बनाउन तीन वर्ष अगाडि ल्याइएको ट्रान्सर्फमर प्रयोगविहिन अवस्थामा कवाडी जस्तो देखिने गरि राखिएको छ । सोही बिजुलीको पोल र ट्रान्र्फमरको तस्विर स्थानीयले सामाजिक सञ्जालमा राख्दै सम्बन्धित निकायलाई ध्यानकर्षण गराउँदै आएका छन् । 
 
यसै विषयमा विद्युत संसारले सो क्षेत्रको विद्युत प्रणाली हेर्ने मकैसिङ्ग फ्युज शाखाका प्रमुख कर्ण बहादुर चेपाङसँगको कुराकानीमा ट्रान्सफर्मर अव्यवस्थित रुपमा रहेको स्वीकार गर्दै जग्गा विवादको कारण सो ट्रान्सर्फमर प्रयोगमा ल्याउन समस्या भएको उनले बताए ।
 
विद्युतको पोल अव्यवस्थित किन ? भन्ने हाम्रो प्रश्नमा उनले भने ‘प्राधिकरण र पालिकाबाट वितरण भएको फलामे पोल स्थानीयले आफुखुसी लिएर जाँदा केही ठाउँमा छुटेको हुन सक्दछ, हाल पनि ढाबे एरियाको लागि र अन्य ठाउँको लागि पोल गइसकेको छ अब छिटै सो समस्या समाधान हुनेछ ।’ उनले भने ट्रान्सर्फमरको विषयमा भने जग्गा विवाद भन्ने जानकारी आफुलाई आएको र अब कसरी काम गर्ने भन्ने विषय विद्युत प्राधिकरणबाटै निर्णय हुने उनले बताए । 
 
 
त्यस्तै सोहि वडाका वडा अध्यक्ष सुवास पन्तले यो विषयमा आफु अत्यन्तै चिन्तित भएको र कसरी हुन्छ छिटो समाधानको बाटो खोजिरहेको बताए । 
 
आफु केही दिन अघिमात्र जनप्रतिनिधिमा निर्वाचित भएपनि यो विषयमा पहिले नै आफुले जानकारी पाएको उनले जनाए । ‘यहाँ जग्गा विवादकै कारण ट्रान्सर्फमर राख्न समस्या भएको हो छलफलको माध्यमबाट समस्या समाधान खाज्दै छिटै हामी टेन्डरको प्रक्रिया अपनाउने हाम्रो सोच छ’ उनले भने ।
 
हामीसँगको कुराकानीमा अध्यक्ष पन्तले ट्रान्सर्फमरको समस्या समाधान गर्न छलफलकै क्रममा छौ उनले भने ‘हामी जनभावना अनुसार काम गर्दै आएका छौ यसैले त्यो समस्यामात्र होईन हाम्रो वडामा भएका बिजुलीको पोलको अवस्था कस्तो छ निगरानी गर्दैछौ ।’  सुरक्षाको दृष्टिकोणले अव्यवस्थित पोलको व्यवस्थापनमा हामी लागि परेर काम गर्ने र यस्ता विषय छिटै समाधान हुने अध्यक्ष पन्तले बताए । 
 
तस्विर: शंकर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago